Advertisements
- लेखापढी कानुन ब्यबसायीहरुको छाता सस्था यातायात इकाइको अधिबेशनबाट देव बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको छ । माघ ५ गते आयोजित ब्यबसायीहरुको बृहद भेलाले १३ सदस्यीय कार्यसमिति चयन भएको प्राप्त समाचारमा जनाइएको छ ।
सर्बसम्मत निर्बाचित हुनेमा उपाध्यक्षमा कल्पना थापा मगर ,सचिबमा सुशिला बराल ,सहसचिवमा अप्सरा उप्रेती , कोषाध्यक्षमा रुद्र प्रकास दुङ्गारा , सह कोषाध्यक्षमा सरिता थापा , रहेकाछन । यस्तै सदस्यहरुमा अप्सरा भन्डारी अधिकारी , तारापति ढकाल , राधा जैसी , मिरा गौतम , देबि पौडेल , भिमनाथ बराल र ध्रुबराज पौडेल रहेकाछन ।१५ सदस्यीय कार्यसमिति रहने बिधानको ब्यबस्था बमोजिम २ जना सदस्यको मनोनीत गरिने नबनिर्बाचित अध्यक्ष देब बहादुर थापाले बताए ।
अधिबेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी लेखापढी कानून व्यावसायि एशोसियसनका केन्द्रिय सचिब हरि शर्माले लेखापढी ब्यबसायलाइ मर्यादित र व्यावसायिक बनाउन प्रत्येक सदस्यले ध्यान दिनु पर्ने औल्याएका थिए । बिशिस्ट अतिथि एशोसिएशनका केन्द्रिय अनुगमन समितिका सदस्य सचिब ठाकुर प्रसाद अधिकारी , अतिथिहरु इ सुमन शर्मा , प्रदेश कमिटिका कोषाध्यक्ष मन बहादुर भुजेल , जिल्ला समन्वय सचिब जयलाल अधिकारी , प्रदेश लेखा सयोजक डिल्लीरमण पौडेल , केन्द्रिय समितिका सुचना प्रबिधी तथा अभिलेख ब्यबस्थापन सदस्य दिर्ग बहादुर खड्का , मालपोत इकाइका अध्यक्ष दयाराम तिवारी , लेखनाथ मालपोतका अध्यक्ष रिषिराज आचार्य , लेखापढी व्यावसायि सहकारी सस्था लि पोखरा इकाइका अध्यक्ष सुर्यमोहन ढुंगाना , प्रदेश समिती सदस्य मिलन दुलालको उपस्थितिमा आयोजित कार्यक्रममा यातायात इकाइका निबर्तमान अध्यक्ष लक्ष्मी सुवेदीले आफ्नो कार्यकालमा सहयोग पुर्याउने इकाइ , जिल्ला , प्रदेश र केन्द्रका अग्रज र अनुज सहकर्मी प्रती आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेकी थिइन । इकाइमा ७८ जना सदस्य रहेको निबर्तमान अध्यक्ष लक्ष्मी सुबेदिले बताइन ।
नव निर्बाचित अध्यक्ष देब बहादुर थापाले लेखापढी व्यावसायिको सस्थागत र पेशागत हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन । सेवाग्राही र सेवा प्रदायक सस्था बीच सहजकर्ताको भुमिका निर्बाहा गरि ब्यबसायलाई मर्यादित र जिम्मेवार बनाउन योजना बनाएर अगि बढ्ने बताउदै अध्यक्ष थापाले भने “पेशाकर्मिहरुको आचारसंहिता बनाएर काम गर्ने छौ ।” असल कार्य गर्नेलाई पुरस्कार र आचारसंहितामा बिपरित कार्य गर्नेलाइ दन्डित गर्न दन्ड र पुरस्कारको नीति लिइने थापाले बताए ।
Advertisements
Advertisements