पोखरा ८ सभागृहचोकमा रहेको परिचय बचत तथा ॠण सहकारीले आफ्नो १२ औ साधारणसभा सम्पन्न गरेको छ ।सहकारी रजिस्टार कार्यालय पोखराका प्रमुख रजिस्टार भेषराज रिजालले प्रमुख आतिथिको मन्तब्य राख्दै सहकारीलाई समस्यामुक्त बनाउन शेयर सदस्यहरूको मुख्य भुमिका रहने बताउदै सहकारीको सात सिद्धान्तलाई अक्षरस पालना गर्न आवस्यक रहेको बताए ।
राष्ट्रिय सहकारी बैक पोखराका प्रबन्धक रुक्मत श्रेष्ठले सहकारीमा आबद्द शेयर सदस्यहरुमा बित्तिय अनुशासन महत्वपूर्ण पाटो रहेको औल्याएका थिए । पत्रकार यदुनाथ बन्जाराले शेयर सदस्यहरुलाइ चनाखो रहि आफ्नो अधिकार सङ्गै कर्तब्यको बारेमा पनि ख्याल राख्न अनुरोध गरे । पछिल्लो समय सहकारीमा आइपरेको समस्या प्रती आत्तिएर होइन सचेत भएर अगि बढ्न आवश्यक रहेको बताए ।
साधारणसभामा अध्यक्ष दीपक तिमल्सिनाले बित्तिय विश्लेषण सहित सस्थागत प्रतिबेदन पेश गरेका थिए ।४५७ जना शेयर सदस्य रहेको सहकारीमा १८ करोड ९४ लाख ४८ हजार कुल सम्पती रहेको बिबरण प्रक्षेपण गरेका थिए । कोषाध्यक्ष खुमलाल डुम्रेले गत आ ब २०८०/०८१ को आर्थिक प्रतिबेदन पेश गरेका थिए भने टेक प्रसाद तिमल्सिनाले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बन्दसत्रमा प्रस्तुत प्रतिबेदन उपर छलफल हुदा सर्बसम्मत पास भएको सस्थाका कोषाध्यक्ष खुमलाल डुम्रेले बताए। कार्यक्रममा उत्कृष्ट सेवा गरे बापत सिलक थापालाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । दिपक तिमल्सिनाको आयोजनामा भएको साधारणसभा कार्यक्रम खुल्ला सत्रको सन्चालन सस्थाका प्रबन्धक प्रकाश अर्यालले गरेका थिए ।