गण्डकी अटो मेकानिकल वर्कस एसोसिएसन, पोखराको नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ ।
बुधबार आयोजित समारोहमा विष्णुप्रसाद अधिकारी नेतृत्वको कार्यसमितिको पदस्थापन भएको हो । गत २२ मंसिरको संस्थाको २५ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले आगामी २ वर्षका लागि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेकोे थियो ।
कार्यक्रममा निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता माधवराज बास्तोलाले पदस्थापन गराए भने पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
गत २२ मंसिरको अधिवेशनबाट अध्यक्षमा विष्णुप्रसाद अधिकारी, निवर्तमान अध्यक्षमा सन्तोषकुमार मिश्र, वरिष्ठ उपाध्यक्षमा नवराज सुनार, उपाध्यक्षमा जगनाथ गर्तौला, महासचिवमा विजेन्द्र चौधरी, कोषाध्यक्षमा निहाल अन्सारी, सचिवमा सन्तोषकुमार राउत कुर्मी र सहकोषाध्यक्षमा प्रकाश गिरी निर्वाचित भएका हुन् ।
यसैगरी, कार्यसमिति सदस्यमा एकबहादुर बानियाँ, विन्दु पावे, उमेश शाह कानु, डिलबहादुर तुलाधर, गंगाबहादुर कुँवर क्षेत्री र भीमसेन विश्वकर्मा (अर्जुन) छन् । मनोनीत सदस्य सुरेश पुलामी राई र सञ्जय तिम्सिना छन् ।
कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष समेत रहेका पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पोखरामा अटो भिलेजको आवश्यकता रहेकोले त्यसतर्फ महानगर लागिपरेको बताए । उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
यस्तै, नेपाल अटो मेकानिकाल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कुलबहादुर नेपाली, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, गण्डकी ट्रक व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठी, नेपाल रेडक्रस सोसाइटी गण्डकी अध्यक्ष सूर्यप्रसाद ढकाल, पत्रकार महासङ गण्डकीका सचिब यदुनाथ बञ्जारा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता बास्तोलाको अध्यक्षमा भएको कार्यक्रममा स्वागत संस्थाका निवर्तमान अध्यक्ष एवं निर्वाचन समिति सदस्य सनतकुमार भट्टराई र संचालन संस्थाका प्रेस सल्लाहकार एवं निर्वाचन समिति सदस्य कृष्णबहादुर थापाले गरेका थिए ।