Advertisements
फिल्मी दुनियाँ चटके दुनियाँ हो भन्ने कुरा सबैलाई थाहा छ । दिउसै रात पार्ने काम चलचित्रमा चटकेलेनै गर्छन । त्यही अबस्थालाइ सुहाउने गरि देशकै ठूलो पोखरा महानगरपालिकालाइ रमित ढुङ्गाना नाम गरेका एक जना कलाकारले दिउसै रात पारे झै गरि १० लाख रुपैयाँ चप्काएक्को रहस्य ढिलो गरि बाहिरिएको छ । जनताको रगत पसिना र आशु बाट बाट सङ्कलित रकम लाग्ने कर समेत नकाटी १० लाख रुपैयाँ सत्य घटनामा आधारित फिलिम “नमेटिने घाउ “बनाउने भन्दै रमित ढुङाना फिल्म प्रोडक्सन प्रालिका निर्माता निर्देशक रमित ढुंगानालाई अनुदान स्वरुप दिइएको तथ्य फेला परेको हो ।
यसरी गयो १० लाख
चलचित्रकर्मी रमित ढुंगाना अरुको फिलिम खेल्दै आएका कलाकार हुन । यसै क्रममा उनले २०७६ फागुन २ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्राली दर्ता गर्छन । उनले दर्ता गरेको कम्पनिले मुस्कान नामको चलचित्र निर्माणको अनुमती २०७८/०५/०४ मा लिएको देखिन्छ । त्यसको लगत्तै ०५/२७ गते उनले मुस्कानको नाम परिवर्तन गरि नमेटिने घाउ नाममा चलचित्र बिकाश बोर्डबाट परिवर्तन गराएपछि नया योजना बन्छ । नाम परिवर्तन सङ्गै उनले सुरु गर्छन असुली धन्दा ।
एसिड पिडितको कथा रचेर ढुङ्गाना आफैले स्कृप्ट तयार पार्छन । उक्त चलचित्र बनाउन निर्देशक आफै रहने गरि बोर्डबाट अनुमति लिएका छन । सन्देशमुलक चलचित्र बनाउने दाबी गर्दै पोखरा महानगरपालिकामा २०८०/पुस २९ गते अनुदान सहयोग पाँउ भन्ने ब्यहोराको निबेदन दिन्छन ।निबेदन दिएको ३३ औ दिन २०८० फागुन २ गते पोखरा महानगरपालिकाले रमित ढुङ्गानाको खातामा कर कट्टा समेत नगरी पुरै १० लाख रुपैयाँ विद्युतीय भुक्तानी (ट्रान्सफर ) गरिएको खर्च गोस्वरा भौचर बाट पुष्टि हुन आएको देखिन्छ ।
महानगरको आन्तरिक श्रोतबाट रमित ढुंगानालाइ रकम दिइएको छ । आन्तरिक श्रोत महानगरका नागरिकबाट उठेको कर हो । उक्त रकम दिने निर्णय कसले गर्यो भन्ने हाम्रो जिज्ञासामा महानगर प्रमुखको तोक आदेशबाट दिइएको खुल्यो । हप्ता बिराइ बस्ने कार्यपालिकामा समेत छलफल नगरी १० लाख रुपैयाँ प्रमुखले चुट्किको भरमा दिइएको छ । रकम माग निबेदनमा कुनै सम्बोधन देखिदैन ।
के हो प्रकरण ?
रमित ढुंगानाले नमेटिने घाउ नामक सन्देशमुलक चलचित्र बनाउने र पोखराको घटनालाई समेत जोडेर पोखरा आसपासमा छायांकन गर्ने दाबी गर्दै अनुदान माग गरे पछि असुली प्रकरण अघि बड्छ । ढुङ्गानाले चलचित्र बिकाश बोर्डमा निर्माण इजाजत लिदा ७० लाख रुपैयाँको अनुमानित कुल लागत प्रक्षेपण गरेका छन तर महानगरसङ्ग अनुदान सहयोग माग्दा ६० लाख रुपैयाँ बढाएर १करोड ३० लाखको लागत प्रस्ताव पेश गरेको देखिन्छ । दुङ्गानाले सहयोग बटुल्न नक्कली लागत मुल्यको प्रस्ताव पेश गरेको तर्फ महानगरले ख्याल गरेको छैन ।
चलचित्र निर्देशक ढुङ्गानाले सामाजिक सन्देशमुलक भनी अनुदान लिइ बनाएको चलचित्र पोखराको हलमा २ दिन पनि टिक्न सकेन । त्यसपछि त्यो चलचित्र कहाँ गयो ? कसलाई देखाइयो भन्ने कुरा स्वयम अनुदान सहयोग प्रदान गर्ने महानगरपालिकाका कर्मचारी समेतलाई थाहा छैन । महानगरले दिएको जनताको नासोको उपलब्धी शुन्यप्राय देखिन्छ । साच्चिकै मेहनतपुर्बक समय सापेक्ष चलचित्र बनाइएको थियो भने पुर्ण बहादुरको सारङ्गी भन्दा कम हुने थिएन तर पालिकाहरुको सहयोग उठाएर बनाइएको चलचित्र ब्यापारिक प्रयोगमा देश बिदेशका हलहरुमा पुर्याइएको छ । नेपालिको करबाट उठेको पैसाले बनाएको चलचित्रले बिदेशमा कमाएको डलर कसको हुने ? राज्यको कि रमित ढुङ्गानाको ? यो प्रश्नको जवाफ नागरिकले खोजेका छन ।
प्रधानमन्त्री केपी ओली , पुर्बप्रधानमन्त्री माधब कुमार नेपाल ,राप्रपाका सासद ज्ञानेन्द्र शाही लगाएतले अनुहार देखाइएको फिलिम नमेटिने घाउ नागरिकले बहिस्कार नै गरिदिए । जनताले चासो दिएर हेर्ने चेस्टा समेत गरेनन । नेतालाइ राखेर फिलिम बनाउदा सुपरहिट हुन्छ भन्ने सोच बोकेका निर्माता र अभिनेता बनेका नेताको चाकडी भजाउने काम महानगरले गर्नुमा माथिको सेटिङ र रुलिङले प्रश्रय पाएको बताइएको छ ।
पोखरा महानगरपालिका मात्र नभै नेपालका अन्य पालिकाबाट पनि दवाब र प्रभावमा पारेर पैसा उठाइएको बुझिएको छ । कुन पालिकाबाट कति असुल गरियो भन्ने कुरा खोजिको बिषय बनेको छ । सुचनाको हक प्रयोग गरेर हिसाबकिताब खोज्ने र प्राप्त भएपछी आम पाठक सामु सार्बजनिक गरिनेनै छ । नेताको फोनको भरमा बिकाश निर्माणमा खर्च गर्नुपर्ने पैसा चटकेहरुलाइ बाड्ने कार्यले नराम्रो नजिर बसेको छ । त्यसतर्फ तथ्यपुर्ण खबरदारी आवस्यक छ ।
Advertisements
Advertisements