अन्नपूर्णको नौडाडामा सुविधाजनक अस्पताल भवन बन्यो तर सेवा सुरु भएन

सराङकोट न्यूज
29 November, 2024 8:29 pm
Advertisements

अन्नपूर्ण गाउँपालिकाको नाउडाडमा १५ शैयाको अस्पताल भवन बन्यो तर सेवा सुचारू हुन सकेको छैन । अस्पतालमा आवस्यक पर्ने जनशक्ति र स्रोत साधनको प्रबन्ध नभएको कारण अस्पताल कहिले बाट सुचारू हुन्छ भन्ने कुनै निस्चित छैन । भौतिक रुपले सुबिधाजन्य भवनले आफ्नो काखमै रहेको पुरानो साघुरो र जिर्ण भवनमा रहेको स्वास्थ चौकीलाई गिज्याइरहेको आभास गराएको छ ।


हो करिब ३ बर्ष अगाडी तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिले एकै पटक ३९६ वटा पालिकामा १५ शैयाको अस्पताल भवन बनाउने महत्वाकांक्षी घोषणा गरेका थिए । उनको त्यही घोषणा बमोजिम अन्नपूर्ण गाउँ पालिकामा १५ शैयाको अस्पताल भवन निर्माण कार्य अगाडी बढ्यो । बिगत केही महिना अगाडी नै भवन तयार भएको छ । संघ सरकारको बजेट साढे ९ करोडमा बनेको अस्पतालमा बातानुकुलित सबै सुबिधा उपलब्धं छ । बिरामी राख्ने कोठा , शौचालय , पार्किङ सबै तयार छ तर अस्पतालमा चाहिने जनशक्तिको ब्यबस्थापनको बारेमा कुनै सुरसार नै छैन ।
मेडिकल अधिकृत सहित कम्तिमा २० जना स्वास्थ्यका जनशक्तिको तत्काल आवश्यकता छ । त्यही शङ्ख्यामा अस्पतालका शैया र स्वास्थ्यका उपकरण र फर्निचरको जरुरत देखिन्छ । तत्काल ५ करोड बजेटको आवश्यकता टड्कारो महशुस गराएको छ तर त्यसको ब्यबस्थापन कसले गर्ने भन्ने बारेमा मौन छ राज्य प्रशासन ।
संघ सरकार र प्रदेश सरकार कानमा तेल हालेर बसेका छन । भवन बनाउन बजेट दिने सरकारले अस्पताल सन्चालनमा बेवास्ता गर्नुलाई किमार्थ राम्रो मान्न नसकिने अग्रज जानकारहरु बताउछन । यो अन्नपूर्ण गाउँपालिकाको अस्पतालको मात्र फगत एउटा समस्या होइन । देशभर बनेका र बन्दै गरेका पालिकाका अस्पतालहरुको समस्या हो । यसको सन्चालनको लागि ब्यबस्थापनको जिम्मा पालिकाले लिए पनि स्रोत साधन र जनशक्तिको लागि संघ सरकार र प्रदेश सरकारले लिन आवश्यक छ ।
अहिले स्वास्थ्य चौकिमा सि अहेब १ जना , हे अ १ जना ,सि अनमी ३ जना , ल्याब असिस्टेन्ट १ जना र कार्यालय सहायक १ जना गरि ७ जनाले नौडाडा स्वास्थ्य चौकी चलाएका छन । दैनिक करिब २० जनालेले सेवा लिदै आएको स्वास्थ चौकिलाइ एकै पटक १५ शैयाको अस्पतालमा रुपान्तरण गर्दा मोटो बजेटको आवश्यकता पर्ने स्वास्थ्य चौकिका प्रमुख सि अ हे ब
लोक बहादुर भन्डारी क्षेत्रीले बताए । स्रोत साधन र जनशक्ति उपलब्ध नभएपनी अब नयाँ भवनबाट सेवा प्रवाहको सुरुवात गरिने स्वास्थ चौकिका प्रमुख भन्डारीले बताए ।
पछिल्ला बर्षमा तिनै तहको सरकार भौतिक बिकास निर्माणकार्यमा तल्लिन रहेको देखिन्छ । ठुला ठुला सरकारी भवन बनेको पाइन्छ तर ती भवनबाट पाउने सेवा सुबिधाको गुणस्तर भने दिनानुदिन खस्कदै गएको पाइन्छ । बिरामिको चाप धानी नसक्ने सहरका ठुला अस्पतालमा भवन अभाबका कारण बिरामिहरु निजि अस्पतालको महङ्गिमा सेकिन बाध्य छन तर दैनिक १५-२० जना बिरामी आउने ठाउमा बनेको करोडौंको भवनले भौतिक सुबिधा मात्र दिने होकि गुणस्तरीय स्वास्थ्य सुबिधा पनि ? त्यो भने भवन अनुसार राज्यले उपलब्ध गराउने जनशक्ति र उपकरण प्राप्ती पछि मात्र मुल्यांकन हुनेछ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: