बिन्ध्यबासिनी क्याम्पसको ११ औ साधारणसभा सम्पन्न , मन्त्री थापा द्वारा सहयोगको प्रतिबद्धता , जग्गा प्राप्ति बिबाद थप पेचिलो बन्दै

सराङकोट न्यूज
17 November, 2024 9:00 am
Advertisements

पोखराको उत्तरी सिरानमा रहेको त्रिभुवन बिश्वबिद्धालय बाट सम्बन्धन प्राप्त बिध्यबासिनी क्याम्पसले ११ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा क्याम्पसको क्याम्पसको उन्नयन र दिगो ब्यवस्थापनका बारेमा चर्चा चलेको थियो ।
साधारणसभाका प्रमुख अतिथी मन्त्री थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका थिए । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए ।
“ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो ।”, उनले भने ।


मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन केही नयाँ कार्यक्रम ल्याएको जानकारी गराए । उनले अभिभावक शिक्षा, सिक्दै कमाउँदै कमाउँदै सिक्दै, फ्राइडे फर फ्युचर जस्ता कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने उल्लेख गरे ।
विन्ध्यवासिनी क्याम्पस लाई प्रभावकारी बनाउन गुणस्तरीय शिक्षामा ध्यान दिन उनले आग्रह गरेका छन् । क्याम्पसमा देखिएको हर किसिमको समस्या समाधानमा आफुु पदमा रहे पनि नरहे पनि सदैव साथमा रहेको भनाई उनको छ । प्रदेश सरकारले सामुदायिक क्याम्पसका लागि वार्षिक रुपमा नै अनुदान उपलब्ध गराउँदै आएको उनले बताए । क्याम्पसको पुस्तकालयको स्तरोन्नतिमा प्रदेश सरकार सकरात्मक रहेको भनाई उनको छ ।
कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विन्ध्यवासिनी क्याम्पसको भवन बन्नुपर्छ भन्ने विषयमा सकरात्मक रहेको र त्यसको लागी बिकल्पको खोजी गरेर भएपनी भारत सरकारले दिने सहयोग बाहिरिन नदिन सरोकारवाला सबै पक्ष सङ्ग आग्रह गरेका छन् । विद्यमान कानूनका कारण क्याम्पसको भवनको कामले गति पाउन नसकेको र उक्त समस्याको समाधानमा नै वडाले काम गरिरहेको अध्यक्ष शर्माले बताए ।

जग्गा प्राप्तिको बिषय थप पेचिलो बन्दै

भारतिय राजदुतावासले क्याम्पसको भवन निर्माणको लागि करिब ५ करोड आर्थिक सहयोग दिने भएको छ । यतिखेर उक्त बजेटबाट भवन कहाँ बनाउने भन्ने बिषय पेचिलो बनेको छ । केही बर्ष अघि बिन्ध्यबासिनी माबिको परिसरमा प्रस्ताव गरेर माटो परिक्षण समेत भएको थियो योजना अनिश्चित भएपछी पुनर्निर्माण प्राधिकरणको पहलमा हाल उक्त स्थानमा साउदी फन्डको भवन बनिसकेको छ । अहिले राजदुतावासले बिन्ध्यबासिनी क्याम्पस भवनको लागि बजेट दिने भएको छ तर जग्गाको भोगाधिकारको प्रमाण बाधक बनेको छ ।साबिक चन्डिका प्रा बि को जग्गा परिसरमा भवन बनाउन क्याम्पसले जग्ग्गा माग गरि निर्णयको अपेक्षा गरेको छ तर त्यहा पनि सहज नरहेको बुझिन आएको छ । त्रिभुवन बिश्वबिद्धालयको सम्बन्धनमा रहेको बिन्ध्यबासिनी क्याम्पसलाई उपलब्ध गराएको जग्गा क्याम्पस नचलेको खन्डमा पछि त्रि बि बि कै स्वामित्वमा जाने क्याम्पसको बिधानको परिच्छेद २ को क्याम्पसको उद्देश्य र दायित्व शिर्षकको बुदा न ५(क) मा उल्लेख गरिएको देखिन्छ । बिधानको यो बुदाले जग्गा दिन सरोकारवाला निकायलाइ झस्काएको हुन सक्ने बुझिन्छ ।


पोखरा वडा नम्बर १६ मा रहेको क्याम्पसका लागि भारतीय राजदुतावासबाट अनुदान सहयोग पाउनु गर्बको बिषय हो तर स्थान अभाव र कानुनी प्रतिकुलताले प्राप्त अबसर पनि गुम्ने हो कि भन्ने चिन्ता एकातर्फ छ भने बिध्यबासिनि मा बि सङ्ग गाभिएको चन्डिका प्रा बि को जग्गा क्यापस भवनलाइ दिदा दिगो रुपमा स्वामित्व गुम्न जाने क्याम्पसको स्वीकृत बिधानले नै प्रष्ट पारेको छ भने अर्को तिर चन्डिका प्राबिको केही जग्गा कोमागाने अस्पताललाइ दिने बिषयमा तत्कालीन चन्डिकाको ब्यबस्थापन समितिको निर्णय बिरुद्द उच्च अदालत पोखराले फैसला गर्दै बिध्यालयको जग्गा अन्यत्र प्रयोजन नगर्न निर्देशनात्मक आदेश दिएको देखिन्छ । उक्त आदेशले पनि बाधा पारेको जानकारहरु बताउछन । तर यहि प्रकृतिको पोखरा १ बगरमा रहेको राष्ट्रिय माबिको स्वामित्वमा रहेको बिध्यालय बालज्योती प्राबिको जग्गामा हाल पोखरा महानगरपालिकाको वडा न १ को भवन निर्माण भैरहेको छ । उक्त निर्णय पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले मिति २०८० असारमा गरेको देखिन्छ । यस्तै पोखरा ११ फुलबारीमा रहेको शिवशक्ती माबिको जग्गा शिवशक्ती क्याम्पसलाइ दिने गरि केही महिना अगाडि पोखरा महानगरको कार्यपालिकाले निर्णय गरेको खुलेको छ यी दुबै निर्णयको प्रमाणित कागजात प्राप्त भएपछी थप रिपोर्ट प्रकाशन गरिने छ ।
यहाँ नेर उठान गर्न खोजेको बिषय के हो भने सरकारी बिध्यालयको जग्गा अन्य सस्था , निकाय वा पब्लिक क्याम्पसलाई दिने ठोस कानुनी आधार के हो ? त्यो कानुन कार्यान्वयन गर्ने अख्तियार प्राप्त तालुक निकाय कुन हो ? के कार्यपालिकाले सरकारी बिध्यालयको जग्गाको स्वामित्व स्तान्तरण गर्ने निर्णय गर्न सक्छ ? सक्ने कानुनी हैसियत स्थापित छ भने समान कानुन कार्यान्वयनमा कन्जुस्याइँ किन ? राष्ट्रिय माबिको जग्गामा वडा भवन बनाउन दिने , शिवशक्ती माबिको जग्गा पब्लिक क्याम्पसलाइ दिने निर्णय गर्ने महानगरले बिन्ध्यबासिनी माबिको जग्गा क्याम्पस भवन बनाउन पाउ भन्दा के निर्णय दिने ? यस अघिका निर्णय गर्दा कानुनको ख्याल गरेका थिए वा थिएनन त्यस प्रकरण खोजिको बिषय बनेको छ ।
यता बिन्ध्यबासिनी क्याम्पसका अध्यक्ष दान बहादुर बानियाँले साबिक चन्डिका प्रा बि परिसरको जग्गामा भवन बनाउन सिफारिस दिन वडाले ढिलाइ गर्न नहुने बताउँछन् । मुद्दा परेछ भने पछि निर्णय निकास आउला तर अहिले भवन निर्माणको योजना अघि बढाउने बाटो खोल्न आग्रह गरेका छन । उनले जग्गा नदिन आफ्नै पार्टी नेकपा एमालेबाट असहयोग भैरहेको सङ्केत गर्दै भने ” वडालाइ क कसले फोन गरेर जग्गा नदिन दवाब दिए सबै जानकारी मलाइ छ ”
जग्गा उपलब्ध गराउन मिल्ने कि नमिल्ने भन्ने बारेमा बिगत देखि चलेको बहस थप पेचिलो बन्दै गएको छ । महानगरले स्कुलै पिच्छेका निर्णय फरक फरक गरेका कारण बिषय बिबादास्पद बनेको कुरामा दुई मत छैन । महानगरको असमान र बिभेदपुर्ण कार्यशैलीले थप समस्या निम्त्याएको बुझ्न सकिन्छ ।
बिन्ध्यबासिनी माबिका सहायक प्रधानाध्यापक तथा बिन्ध्यबासिनी क्याम्पसका सिनेटर राम बहादुर बानियाँले भारतीय राजदुतबाट क्याम्पसका लागि छुट्टिएको रकम गुम्न दिन नहुने उल्लेख गरे । क्याम्पसको गतिविधिका बारेमा क्याम्पस प्रमुख सुमन केशव पराजुलीले जानकारी गराएका थिए प्रमुख पराजुलीले क्याम्पसको बिगत देखि बर्तमानको अबस्थाको चर्चा गरेका थिए । कार्यक्रममा प्याब्सन गण्डकीका दिनेश श्रेस्ठ , अक्षयकोष दाताको तर्फबाट गणेश बहादुर थापाले शुभकामना ब्यक्त गरेका थिए भने स्वागत मन्तव्य विजय शर्माले गरेका थिए कार्यक्रमको सन्चालन भिम गायकले गरेका थिए । साधारणसभा कार्यक्रममा क्याम्पसले अब्बल नतिजा ल्याउन सफल निर्मला रेग्मी ,तिलक आचार्य र सीता सापकोटालाई सम्मान गरेको थियो । क्याम्पसमा हाल ब्यबस्थापन सङ्काय अन्तरगत २०७ जना बिध्यार्थी अध्ययनरत रहेको र आउदो बर्षमा ३०० बिध्यार्थी पुर्याइने क्याम्पस प्रमुख सुमन केशब पराजुलिले बताएका छन ।

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: