मङ्सिर १ गते देखि कर सप्ताह मनाउन सुरु, पोखरामा बिबिध कार्यक्रमको तयारी

सराङकोट न्यूज
15 November, 2024 6:31 pm
Advertisements

राष्ट्रिय नीति अनुसार हरेक बर्ष झै चालू आर्थिक बर्षको मङ्सिर १ गते देखि बिबिध कार्यक्रमका साथ साताब्यापी रुपमा कर सप्ताह मनाउन सुरु हुने भएको छ । यसै सन्दर्भमा आन्तरिक राजस्व कार्यालय पोखराले बिबिध कार्यक्रम सहित कर सप्ताहको सुगरेको छ ।


” कर प्रणालिको सार लगानिको आधार ” भन्ने मुल नाराका साथ आयोजित सप्ताहब्यापी कार्यक्रमको सुरु मङ्सिर १ गते प्रभातफेरि कार्यक्रम बाट गरिने बताइएको छ । मङ्सिर १ गते सभागृह बाट सुरु भएको प्रभातफेरी सृजनाचोक ,रत्नचोक , राष्ट्रबैंक चोक हुँदै आन्तरिक राजस्व कार्यालय पोखरामा गएर टुङ्गिने छ । यस्तै मङ्सिर २ गते प्रथम सेवाग्राही सम्मान कार्यक्रम गरिने कार्यक्रम तयारी गरिएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिव शर्माले जानकारी दिए ।
मङ्सिर २ देखि ६ गते सम्म विभिन्न बस्तुगत संघ सङ्गठनहरु सङ्ग अन्तरक्रिया कार्यक्रम गरि कर शिक्षाको प्रबर्द्धन गरिने बताइएको छ भने मङ्सिर ७ गते एक विशेष कार्यक्रमका बीच करदाता सम्मान गरिने छ । कार्यक्रम आन्तरिक राजस्व कार्यालयको प्राङ्गणमा गरिने आन्तरिक राजस्व कार्यालयका कर्मचारी कृष्ण प्रसाद गौतमले बताए । कर सप्ताह दिवसले करदाता हरुलाइ उत्साह प्रदान गर्नुका साथै सेवाग्राही र सेवा प्रदायक बीच सु सम्बन्धको बिकास गर्न मद्धत पुग्ने जानकारहरु बताउछन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: