कृस्तिका पोखरेल बिरुद्द बन मुद्दा ,५० हजार धरौटी तोकियो

सराङकोट न्यूज
8 November, 2024 9:59 am
Advertisements

पोखरा २१ कृस्ती पोखरेलथोकका उदयराज पोखरेल बिरुद्द बन मुद्दा लागेको छ । पोखरेलले आफ्नो एकल हकभोग रहेको कित्ता न ९३२ नम्बरको जग्गा सङ्ग सिमाना जोडिएको सरकारी बन क्षेत्रको ७ आना जग्गा अतिक्रमण गरि रुख बुटा ढलाएको भन्दै डिभिजन बन कार्यालयमा उजुरी परेपछी सब बन डिभिजन कार्यालय फेवाका बन अधिकृत प्रगती शर्माले अनुसन्धान गरेकी थिईन । अनुसन्धान पछि तत्काल प्राप्त प्रमाण बमोजिम कास्की जिल्ला अदालतमा बन ऐन बमोजिम मुद्दा चलाइएको थियो ।
कास्की जिल्ला अदालतले ५० हजार धरौटी लिइ मुद्दाको पुर्पक्ष गरेको थियो । थुनछेक बहस पछि आरोपि पोखरेल सङ्ग ५० हजार धरौटी माग गरिएको थियो । हाल पोखरेल धरौटिमा पुर्पक्षमा रहि मुद्दा  खेपिरहेका छन। पोखरेलले आफ्नो जग्गा सङ्ग जोडिएको ७ आना जग्गा प्रयोग गर्दै आएका थिए । उनले पुख्र्यौली सम्पत्ति मानेर प्रयोग गरेका बताएका थिए । त्यस स्थानमा रहेका बुढा रुख ढलाएको स्वीकारं गरेका छन । कृषि कार्य गरि खाएको देखेर रिस गर्ने हरुले उजुरी दिएर हैरानि गरेको भन्दै पोखरेलले दुख ब्यक्त गरेका छ्न ।
पछिल्लो समय पोखरा वरपरका सरकारी जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ । सरकारी जग्गा अतिक्रमण गर्नेमा नेता मन्त्री देखि शिक्षक ,डाक्टर पत्रकार समेतको काण्ड सराङ्कोट्ले भन्डाफोर गरिसकेको छ । बन कार्यालयले मुद्दा चलाउने अभियानलाई तिब्रता दिए पनि बन क्षेत्र अतिक्रमणमा कमि आएको छैन । कानुनको छिद्र पहिल्याएर फाइदा लिने , दवाब र प्रभावमा मुद्दा कमजोर बनाउन नहुने तर्फ सरोकारवाला निकायको खबरदारी जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: