Advertisements
झन्डै ८ महिना पछि नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखराको प्याराग्लाइडिङको दरमा फेरि कार्टेलिङ लाद्ने निर्णय गरेको छ । प्याराग्लाडिङ्को एकरुपता उडान रेट तोक्ने नाममा झन्डै ३ सय प्रतिशत मुल्य बढाएर तोकेको छ । यस अघि प्रती उडान ३ हजार लिने गरेका थिए त्यो उडान रेट प्रतिस्पर्धामा आधारित थियो । प्याराग्लाइडिङ कम्पनी हरु दुई समुहमा बिभाजित भएका थिए त्यसको प्रतक्ष फाइद उडान सेवा लिने सेवाग्राहीले पाएका थिए । केही महिना त्यस्तो खुल्ला प्रतिस्पर्धा चलेको थियो ।
पोखरामा नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानास्थल बनेपछी सराङ्कोटको टेक अफ हटाएपछी तोरिपानी र मान्द्रेढुङ्गामा टेक अफ सारिएको थियो । टेक अफ र ल्यान्डिङ्ग एरिया लिने बिषयमा दुई समूह बीच शक्ति संघर्ष चलेपछी व्यावसायि हरु बीच प्रतिस्पर्धात्मक खुल्ला रुपमा उडान सुल्क तोकेका थिए । ३ हजारमा एक उडान गर्न पाउथे। करिब ८ महिना सुल्कमा भारी गिरावट आएको थियो । त्यसरि शुल्कमा एकरुपता नहुँदा पर्यटक आकर्षित गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै हवाइ खेलकुद संस्था ना ले चासो लिएको दाबी गरेको छ ।
हाल आएर पाराग्लाइडिङ पाइलट्स क्लब र नेपाल हवाई खेलकुद संस्थाको पाराग्लाइडिङ व्यवसायी उपसमितिको बैठकले प्याराक्ष्लाइडिङ उडानका लागि समयका आधारमा फरक फरक शुल्क तोकेको छ । न्युनतम १५ देखि ३० मिनेटसम्म संस्थागत शुल्क ७ हजार ५ सय र अधिकतम बजार शुल्क ८ हजार ५ सय रुपैयाँ तय गरिएको छ । ३० मिनेटदेखि १ घन्टासम्म कम्पनी शुल्क ११ हजार २ सय ५० र अधिकतम शुल्क १२ हजार ७ सय ५० रुपैयाँ तय भएको छ । अघिल्लो उडान रेटको तुलनामा यो झन्डै ४ सय प्रतिशत महङ्गो रहेको तथ्याङ्कले पुष्टि गरेको छ ।
ना र पाइलट हरुको सयुक्त निर्णयमा कार्टेलिङ गरि सुल्क बढाइएको हो । यसरि शुल्क बढाए सँगै प्यारापाइलटको पारिश्रमिक र ब्याबसयीको आमदानीको भागबन्डा पनि बढेको छ । बैठकको निर्णय अनुसार अब पाइलटले प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत लिने सहमति भएको एक सदस्यले बताए ।
यो माथिको पत्र जसले सिण्डिकेट तोडिएको थियो ।
गएको पुषमा बिभाजित १३ ब्याबसायी र ४४ व्यावसायि बीच क्लाइन्टको एकीकृत बुकिङ गर्ने र दामासायीले बाड्ने बिषयमा असहमति भएपछि सस्थापन पक्ष अर्थात ना ले बुकिङ खुल्ला भएको सुचना दिएको थियो त्यसको लगत्तै उडान सुल्क आफ्खुसी तोक्दा प्रती उडान ३ हजार सम्म झरेको थियो । यो प्रतिस्पर्धात्मक झन्दै ८ महिना चलेको थियो । क्लाइन्ट बुकिङ गर्ने रेपुटेड व्यावसायिक सस्थाले ५ हजार सम्ममा क्लाइन्ट बुक गर्ने गरेका थिए ।
पछिल्लो समयमा आएर व्यावसायि र पाइलटले कार्टेलिङ गरेर ह्वात्तै ३ सय प्रतिशत सम्म रेट बढाएका छन । जति लिए पनि हुने होकि ब्यबहारिक लागत मुल्य लिने हो ? त्यसको खास लागत मुल्य नागरिक उड्डयन प्राधिकरण र स्थानिय प्रशासनले तोक्न जरुरी देखिन्छ । पर्यटन क्षेत्रमा मुल्यको भारी उतारचढावले आन्तरिक तथा बाह्रय पर्यटन बजारम नकारात्मक सन्देश जान सक्ने तर्फ व्यावसायि र राज्यका नियामक निकायले यथार्थ लागतको आधारमा उडान सेवाको मूल्य र समय निर्धारण गर्न जरुरत देखिन्छ नकि त्यही सेवा कहिले ३ हजार कहिले १२ हजार कसरी हुन्छ भन्ने प्रश्नले बिग्रह ल्याउन सक्छ । राज्यले छानबिन गरि यथार्थ उडान मूल्य तोकिनुपर्छ । यश बिषयमा नेपाल हवाई खेलकुद सस्था पोखरा (ना) का अध्यक्ष अनिल केसि सङ्ग प्रतिक्रिया लिदा उनले व्यावसायि र पाइलट क्लबको सहमतिमा मुल्री बढाइएको स्वीकार गरे । सिन्डिकेट गरेको हो भन्ने प्रश्नको अस्वीकार गर्दै अध्यक्ष केसिले भने फुटेका व्यावसायिहरु जुटेपछी रेट बढेको हो ।
प्याराग्लाइडिङ ब्यबसाय पोखराको पर्यटनको सेतु हो तर व्यावसायिक स्वार्थको द्वन्द्वका कारण पटकपटक उतार चडाव आइरहेको हुन्छ । कहिले खुल्ला गरेको भन्दै ३ हजार उडान दर तोक्ने कहिले सिन्डिकेट गरेर त्यही उडान बापत ९ हजार सम्म असुल्ने काम भइरहेको छ । ब्यबसाय पनि बाच्न र उपभोक्तालाई राहत दिन न्यायोचित मध्यमार्ग अपनाउन जरुरी छ । राज्यका निकाय जिल्ला प्रशासन , नागरिक उड्डयन प्राधिकरणले कहिले ३ हजार त कहिले ९ हजार मूल्य तोकिने बिषयमा यथार्थ पहिचान गरिनु आवश्यक छ ।
Advertisements
Advertisements