बिदेश पठाउछु भन्दै ठग्ने गिरोह सकृय ,पिडित गुरुङ भन्छन -१६ महिना देखि न पैसा पासपोर्ट !

सराङकोट न्यूज
30 October, 2024 9:47 am
Advertisements

पोखराका गम प्रसाद गुरुङले रोमानिया जान भन्दै पोखराको नागढुङ्गामा रहेको एस ए बि इन्टरनेश्नल ह्युमन रिसोर्स प्रालिमा पासपोर्ट र एक लाख रुपैयाँ पेस्की स्वरुप रकम बुझाए । जलिल मिया नाम गरेका ब्यक्तिले सन्चालन गरेको उक्त बैदेशिक रोजगार म्यानपावर (एस ए बि इन्टरनेस्नल ह्युमन रिसोर्स )कम्पनिले ग्राहक सङ्ग बुझेको रकम अन्य ब्यक्तिको नाममा खाता खोली जम्मा गर्ने चलाखी गरेको खुल्न आएको छ ।
सराङ्कोटलाइ प्रमाण स्वरुप प्राप्त बैक जम्मा भौचर अनुसार पीडित गम प्रसाद गुरुङ्को पैसा मेरियम मियाको खातामा राख्न लगाइएको पाइएको छ । जलिल मियाको निर्देशनमा गम प्रसादकी बहिनि उषा गुरुङ्ले मिति २०८०/०३/०४ गते लक्ष्मी बैकमा एक लाख रुपैया जम्मा गरेकी थिइन । जम्मा भौचरमा बैदेशिक रोजगारं प्रयोजन गरेको खुलेको छ ।
रकम र पासपोर्ट जम्मा गरेको १६ महिना बितिसक्दा सम्म गुरुङ बिदेश जान पाएका छैनन । उनको रकम र पासपोर्ट लिने ब्यक्ती मेन पावर कम्पनि पोखरा शाखाका संचालक जलिल मियाले बिरालोले मुसा खेलाए झै पिडित गुरुङ्लाइ खेलाइरहेका छन । बिदेश जान त असफल बनायो बनायो ॠण खोजेर बुझाएको पैसा र पासपोर्ट दुबै पाउन सकिएन पैसा जम्मा गर्ने उषा गुरुङ्ले गुनासो गरिन । पैसा लिने ब्यक्ति सम्पर्कमै आउदैन न्यायको लागि कहाँ जाने ? पैसा ठग्ने ब्यक्ती छाती फुलाएर खुल्लेआम हिड्दा पनि हामिले निरीह कहिले सम्म हुने उषाले गुनासो गरिन ।


यस बिषयमा मेन पावर कम्पनी शाखाका सन्चालक जलिल मियासङ्ग सम्पर्क गरि प्रतिक्रिया लिदा उनले गुरुङको एक लाख र पासपोर्ट लिएको स्वीकार गरे । उनले गुरुङ जस्तै २७ जनासङ्ग पैसा र पासपोर्ट लिएको खुलासा गरे । आफुले लिएको पैसा केन्द्रको कम्पनिमा बुझाएको तर फिर्ता नपाएको बताए । मियाले अरुको टाउकोमा  दोष थोपरेर उम्कने प्रयास गरेको धेरै भयो । अझै पनि पीडितलाई छल्ने र पैसा नतिर्न आलटाल गर्दै आएका जलिल मियाले कहिले सम्म कानुनी उन्मुक्ति पाउलान त ?
यस बिषयमा कास्किका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेलाइ जिज्ञासा राख्दा बैदेशिक रोजगार ठगी बाट पिडित ब्यक्तिले उजुरी गरेमा सामी मार्फत आवश्यक सहयोग गरि मेलमिलाप गराउने र त्यसमा पनि पिडकले अटेर गरे वैदेशिक रोजगार बिभागमा थप कारबाहिको लागि लेखी पठाउने बताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: