मङ्सिर १७ देखि २७ सम्म ढुङ्गे साङ्गु पट्नेरिमा बिराट महायज्ञ हुने

सराङकोट न्यूज
24 October, 2024 7:55 am
Advertisements

पोखरा महानगर पालिका वडा न १५ र १७ नम्बरको सिमानामा रहेको ढुङ्गे साङ्गु पट्नेरिमा मङ्सिर १७ गते देखि २७ गते सम्म ११ दिन सम्म बिराट महायज्ञ र कोटि होमको आयोजना हुने भएको छ ।
पोखराको ऐतिहासिकता बोकेको ढुङ्गे साङ्गु क्षेत्रमा बिराट महायज्ञ सहित कोटि होम गर्ने बारेमा पोखरामा अयोजकले एक पत्रकार सम्मेलनको अयोजना गरि जानकारी दिईएको थियो । अन्नपूर्णस्वर शिबालय शिव शक्तिधाम तथा बृहत् धार्मिक क्षेत्र बिकाश समितिको अग्रसरतामा हुने कार्यक्रममा पोखरा १५ नम्बर वडाले सहयोग गर्ने भएको छ
स्थानीय गण्डकी रिभर साइड युवा क्ल्ब , नमूना आमा समूह ,र जागृती आमा स्मुहले बिशेश सहयोगमा महायज्ञ स्न्चालन गरिने बताइन्छ ।
महायज्ञ र कोटिहोममा पन्डित दीपक सापकोटा ,नेत्र पराजुली ,ऋषि पौडेल , कृष्ण दमाई ,अर्जुन कृष्ण गन्धर्व , राधा किशोरी दासी , दिन दयाल रेग्मी , डा नारायण प्रसाद अधिकारी , चैतन्य कृष्ण , लोकानन्द् स्वामि ,ध्रुब ढुंगाना लगायत विभिन्न साधु शन्त महन्त हरुको आशिर्बचन वाणी प्रदान गर्ने भएका छ्न भने प्रमुख बाचक सङ्कल्पकर्ता सरक्षक ज्योतिषाचार्य शोभाकान्त ढकाल (कृपालु दास ) को रहनुहुने भएको मदन गिरिले बताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: