सम्पादकीय – प्रकृति सङ्ग लड्ने होइन मिलेर अगाडि बढौ

सराङकोट न्यूज
15 October, 2024 8:45 pm
Advertisements

नेपालमा यतिखेर प्राकृतिक बिपत्तिले गाजेको छ । नेपाल शोकमा डुबेको छ । अकल्पनीय प्रकोपले नेपालीको खुसी खोसेर लगेको छ । देशमा अरबौ हानी नोक्सानी पुर्याएको छ । धनक क्षती स्वीकर्न सकिएला तर जनको क्षती मर्मस्पर्शी र अपुरणिय हुन्छ अशह्री हुन्छ ।
प्राकृतिक प्रकोप बिस्वमै आइरहेको हुन्छ । तर क्षती न्यून हुन्छ । नेपालमा भने ठिक उल्टो अबस्था छ । प्रकोपबाट भयानक क्षती पुर्याइरहेको हुन्छ त्यसो हुनुमा नागरिकमा चेतनाको अभाव र राज्यको उद्दार नीति र साबधानिको कमिको रुपमा लिन सकिन्छ ।
हालै नेपालमा आएको मनसुनी बिपत्ति भुकम्प जसरी थाहै नपाइकन आएको भने होइन । मौसम बिज्ञहरुले एक हप्ता पहिल्यै चेतावनी दिएका थिए । भीषण बर्षा हुनेछ बाडी पहिरो आउन सक्छ साबधान रहनु घरबाट बाहिर ननिसक्नु , सवारिमा यात्रा नगर्नु , रात्री यात्रा ३ दिन सम्म नगर्नु भनेर चेतावनी दिएकै थियो तर सुनुवाइ भएन । नागरिकले बिज्ञको सुझावलाई नजरान्दाज गरेर आफ्नो सुर छोडेनन । नेपालका प्रहरी प्रशासनले पनि मौसम बिदको कुरा खाएनन । निषेध गरेका दिनमा पनि यात्र चलाइरहे ट्राफिक प्रहरिले रोक्न चाहेन ।
त्यति मात्रै होइन सवारी चालकहरुले पनि राज्यको निर्देशन मानेनन गाडी चलाएर सामान्री रुपम आफ्नो बाटो तताए तर त्यो यात्रा धेरैलाइ किमत्तिलो हुन पुग्यो । यात्राको कुरा भन्द्दा घरबास उत्तिकै डर लाग्दो काल बन्यो । नदि खोलाको तिरमा घर बनाएर बस्ने कथित सुकुम्बासी हरुको थप खतरापूर्ण अबस्थाको शिकार बने । खोला नालाले आफ्नो बाटो खोज्दा बाटो अतिक्रमण गरेर घरबास बनाएर बस्नेहरुको जीवन माथिनै सङ्कट आइपर्यो । ज्यु धनको व्यापक क्षती हुन पुग्यो ।
प्रकृतिले कसैलाइ छुट दिदैन दि!को पनि छैन । सम्भावित जोखिमको बारेमा राज्यले स्पष्ट कानुन बनाउन पर्छ ।खोला नाला , सार्बजनिक सम्पतिको अतिक्रमण गर्न दिनु हुदैन । नागरिकलाई आफ्नो गाउँ घर छोडेर सहर बजारको छेउछाउमा बस्न दिनु हुन्न ।हिउँदमा खोला सुकेको बेलामा खोला छेउमा टहरा हालेर बस्ने रोग नै छ । भोट बैकको रुपमा सुकुम्बासी लाई सरक्षण दिइएको हुन्छ त्यसबाट दिर्घकालिन असर के पर्छ भन्ने कुनै मुल्यांकन गरिएको हुन्न जब सङ्कट निम्तिन्छ तब बुद्दिको बिर्को खुल्छ अनि पछुतो मान्नुको बिकल्प हुदैन ।
राज्य सबै भन्दा बडि जिम्मेवार हुनुपर्छ । खोला नाला सुरक्षित राख्नु पर्छ । उद्दार सयन्त्र सक्षम र स्रोत साधन सम्पन्न हुनुपर्छ । राजधानीकै नख्खु खोलामा घरको छतमा घन्टौ बस्दापनी उद्दार गर्न नसक्नु सरकारको निकम्बा पन हो अब यस्तो घटना दोहोरिन हुदैन । नागरिकको सुरक्षागर्नु सरकारको पहिलो कर्तब्य हुनुपर्छ । प्रकृति सङ्ग चुनती दिने होइन हातेमालो गर्नु पर्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: