मारवाडी सेवा भोजनालयलाई २ लाख जरिवाना

सराङकोट न्यूज
6 October, 2024 9:40 pm
Advertisements

के तपाईं खाजा सप्लायर्स सम्बन्धि ब्यबसाय गर्नुहुन्छ ? कबुलेको भन्दा परिमाण ठगी गर्ने , कम गुणस्तरीय खाजा खाना आपूर्ति गरेर छिटोभन्दा छिटो धनी बन्ने सपना देखिरहनु भएको छ । छ भने सोच्नुस एकदिन तपाईं कानुनी फन्दामा पर्नुहुनेछ र तपाइको सम्पती मात्र होइन इज्जत माथी पनि अपुरणिय क्षती हुने छ ।
आइतबार मार्वाडी भोजनालय महेन्द्रपुल यस्तै फन्दामा परेको छ । जिल्ला प्रशासन कार्यालय कास्किको आयोजनामा शिक्षा बिकाश तथा समन्वय इकाइ कास्किको सभाहलमा भएको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मार्वाडी भोजनालय महेन्द्रपुल बाट खाजा आपूर्ति गर्ने सहमति भएको थियो । खाजाको प्याकेट खोल्दा अर्डर गरे बमोजिमको परिमाण नरहेको भेटिएपछी मार्वाडी भोजनालयको कमाउ धन्दाको पटाक्षेप भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यक्रममा सप्रमाण परिमाण ठगी गरेको फेला परेपछी खाजा आपूर्ति कर्ता मारवाडी भोजनालयका सन्चालकलाइ उपभोक्ता सरक्षण ऐन २०७५ को दफा ३८ खण्ड (ङ)बमोजिम कसुर गरेकोले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड ख बमोजिम २ लाख रुपैयाँ दण्ड जरिवाना तिराउने निर्णय भएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: