एडिबिको सुलभ ॠण सहयोगमा गण्डकी प्रदेशका ५ वटा ग्रामिण सडक सन्जाल बिस्तार हुदै

सराङकोट न्यूज
17 September, 2024 8:51 am
Advertisements

नेपालको बिकाश निर्माणमा एसियाली बिकाश बैंकको उल्लेखनीय योगदान रहेको पाइन्छ ।भौतिक पुर्बाधार बिकाशका विभिन्न योजनामा सहयोग गर्दै आएको एडिबिले ग्रामिण बिकाशलाइ प्राथामिकता दिएको छ । एडिबीको सस्तो ब्याजमा प्राप्त ॠण सहयोगबाट गन्डकी प्रदेशका ५ जिल्लाका ५ वटा ग्रामिण सडकको स्तरोन्नति गराइ मुल सडकको सन्जालमा जोड्ने उद्देश्यले आयोजना सन्चालन गरिएको छ । यस आयोजनामा एडिबिले ३ अर्ब सस्तो ब्याजमा नेपाल सरकारलाई ॠण उपलब्ध गराइ आयोजना अगाडी बढाइएको ग्रामिण सडक सन्जाल सुधार आयोजना , आयोजना कार्यान्वयन इकाइ पोखराका आयोजना प्रमुख लक्ष्मी प्रसाद भन्डारीले बताए ।
प्रथम चरणमा गण्डकी प्रदेशका ५ वटा ग्रामिण सडक योजनाको ठेक्का लगाई निर्माण कार्य भैरहेको आयोजना प्रमुख भन्डारीले बताएका छन । ती अधिकास सडक सुधार आयोजना स्थानिय तहका लागि गैरबका रुपमा हेरिएको छ । ग्रामिण क्षेत्रलाई लक्षित गरि ल्याइएको आयोजना निर्माण पछि आयोजना क्षेत्रका जनताले बिकाशको प्रतक्ष अनुभुति पाउने र गाउँ बाट सहर बिस्थापन हुने कार्यमा कमि आउने अपेक्षा गरिएको छ ।

कहाँ कहाँ हुँदै छ ग्रामिण सडक सुधार ?

१,दमेक बाट बागलुङ जोड्ने १५ कि मि सडक टेन्डर भै काम सुरु भैसकेको छ । ५४ करोड ७० लाख कुल ल इ भएको उक्त सडक ३१ करोडमा ठेक्का लागेको छ ।
२, पर्बत – नाङ्लिवाङ कनेक्टिङ सडक १८ किमिको बन्ने छ । ८७ करोड १२ लाख कुल ल इ भएको उक्त सडक ५४ करोड ९० लाखमा ठेक्का लागि निर्माण कार्य अगाडि बढेको आयोजना कार्यालयले जनाएको छ ।
३,गोरखाको अवुवा -पालुङ्टार जोड्ने १५ किलोमीटर ग्रामिण सडक बन्ने छ । ५६ करोड ६७ लाख कुल ल इ को उक्त सडक ३० करोड ६१ लाखमा ठेक्का लागेको छ । निर्माण कार्य सुरु भइसकेको जनाइएको छ ।
४, कास्किको माछापुच्छ्रे -७ धम्पुस बाट पोखरा बागलुङ राजमार्गको घट्टेखोला जोड्ने १६ किमि सडक निर्माण हुने भएको छ । ६१ करोड कुल ल इ भएको उक्त सडक मा ठेक्का लागेको छ । उक्त सडक स्तरोन्नति भएपछी पर्यटनको प्रबर्द्धन हुन जानुका साथै माथिल्लो भेगका स्थानिय नागरिकले राहत पाउनेछन ।
५,पुर्बी नवलपरासीको गिरुवारी बाट महेन्द्र राजमार्गको डन्डा जोड्ने ८ किमिको दोहोरो लाइन सडक निर्माण हुने भएको छ । ६० करोड ६५ लाख कुल ल इ भएको उक्त सडकको ठेक्का प्रक्रिया अगाडि बढेको आयोजनाका सुचना अधिकारी दिनेश चापागाईंले बताए । प्रोकुर्मेन्टको प्रक्रियामा छौ अबका केही समयमा ठेक्कामा जाने उनले बताए ।
ए डि बिको सहुलियत ॠणमा पहिलो फेजमा सन्चालित यो आयोजनालाइ समयमै सम्पन्न गर्ने कार्यमा आयोजनाले कुनै कसर बाकी नराखि कार्य अगाडि बढाइएको आयोजना प्रमुख लक्ष्मी प्रसाद भन्डारी बताउछन । एडिबिले तोकेको कन्सल्ट्यान्ट र आयोजना बीच तार्ततम्य मिलाएर काम भैरहेको बताउदै तोकिएको अबधि भित्रै कार्य सम्पन्न गरि सरकारलाइ सडक हस्तान्तरण गरिने प्रतिबद्धता ब्यक्त भएपछी स्थानीय तहका लाभान्वित नागरिक तहमा खुसी सन्चार भएको पाइन्छ । ल इ भन्दा ३० देखि ४० प्रतिशत सम्म रकम घटेर ठेक्का लागेको छ गुणस्तरीय काम होला त भन्ने हाम्रो जिज्ञासामा भन्डारीले भने ” स्वीकृत गुणस्तरमा कुनै सिकायत हुन दिन्नौ जसका लागि कन्सल्ट्ट्यान्ट र हाम्रो सन्तुलित निगरानी रहनेछ ।”
एसियायी बिकाश बैंक नेपालको बिकाशको लागि बलियो साझेदार हो । नेपाललाई बिकासोन्मुख बाट बिकसित देशको बाटोमा डोर्याउन उसको भुमिका सराहनीय छ । जारी आयोजनाहरु समयमै सम्पन्न गर्न सकियो भने अन्तर्राष्ट्रिय सस्था एडिबी लगाएत दाता निकायहरुको नजरमा सकारात्मक छवि कायम हुने अपेक्षा गर्न सकिन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: