जिबिएसका पुर्ब प्राचार्य खड्काको थप कर्तुत बाहिरियो क्यान्टिन सित्तैमा ,रङ रोगन ब्यर्थमा !

सराङकोट न्यूज
11 September, 2024 5:08 pm
Advertisements

गण्डकी बोर्डिङ्गका प्राचार्य बिरेन्द्र खड्काको ५ बर्षे कार्यकाल बिबाद र आलोचनाको बीच गुज्रिएको यथार्थ सरोकारवाला सबैले बुझेकै कुरा हो । कानुन मुठ्ठीमा लिएर अराजक कार्य गरेको कुरा सराङ्कोट , जन आस्था , नेपाल प्रेस लगाएतका मिडियाले सार्बजनिक गरेकै बिषय हो । एक कार्यकाल दोहोरिन मरिहत्ते गरेर लागेका खड्का आरोपै आरोपका कारण गत जेष्ठ ५ गते बिदा भएका हुन ।
बोर्डिङको प्राचार्य रहदा खड्काले बिध्यालयको टिनका छानाहरुमा रङ लगाए तर बर्षौ टिक्नु पर्ने रङ ६ महिना पनि टिक्न सकेन । प्रती दिन तीन जना अनुभवी पेन्टरबाट ३९ दिन सम्म ११७ जना पेन्टरले लगाइएको रङ अहिले पानीले बगाएर रङ लगाए नगगाए झै भएको छ । रङ लगाउने ज्याला मात्रै १ लाख २० हजार ९ सय रुपैयाँ खर्च गरिएको र रङ यति पेन्टबाट उत्पादित रहेको खुलेको छ । बगरमा रहेको पबित्र गणेश हार्ड वेयरबाट खरिद गरि लगाइएको रङ मेटल प्राइमर ३६० लिटर प्रती लिटर ३४० रुपैयाँले १ लाख २२ हजार ४ सय , तारपिन तेल १५० लिटर प्रती लिटर १५२ रुपैयाँका दरले २२ हजार ७ सय ८१ रुपैया गरि छानाको टिनमा मात्र रङ लगाउदा २ लाख ५८ हजार खर्च भएको गण्डकी बोर्डिङले दिएको सुचनामा उल्लेख छ ।
यति धेरै खर्च गरेर लगाएको रङ पानी आउने बितिक्कै बगाएर भुइँ नै राताम्मे भएको छ भने टिन जस्ताको तस्तै बन्न पुगेको छ । २० बर्ष अनुभवी पेन्टरले लगाएको रङ किन टिक्न सकेन भन्ने कुरा रहस्यमय नै बन्न पुगेको छ । लगाएको रङ्ग रोगन पानीले बगाएर जस्ताको तस्तै बनाएपछि गण्डकी बोर्डिङ र रङ उत्पादक कम्पनी बीच आरोप प्रत्यारोप सुरु भएको छ । यति पेन्ट्सको रङको क्वालिटी प्रती आशङ्का रहेको हुन सक्ने बताउदै कम्पनिका गन्डकी प्रदेश कार्यालयका प्रमुख पर्मेस्वर श्रेस्ठ लाई बोर्डिङमै बोलाएर देखाइ परिक्षण जाँच गर्न लगाइएको बताए । कम्पनी प्रतिनिधिकै पेन्टरले लगाएको रङ पनि पानीले बगाएको गण्डकी बोर्डिङका इन्जिनियर बिनोद सिंह थापाले बताए ।
यति पेन्ट्सका प्रदेश प्रमुख पर्मेस्वर श्रेस्ठ
रङ लगाउने प्राबधिक कमजोरी रहेको बताउँछन् । रङ लगाउने ठाउमा खाग्सी लगाएर खिया फाल्ने काम नगरी सिधै रङ लगाएकोले समस्या देखिएको बताउँछन् । रङ्को गुणस्तरमा कुनै समस्या नरहेको पर्मेस्वर श्रेस्ठ बताउछन ।
गत माघ महिनामा गण्डकी बोर्डिङले जस्तामा लगाएको रङमा कैफियत रहेको पक्कै हो । तत्कालिन प्राचार्य खड्का गुणस्तरिय काम गर्नु भन्दा गण्डकी बोर्डिङको पैसाको चल्खेल गर्नमै केन्द्रित थिए भन्ने यो घटनाले थप पुष्ठि गरेको छ । यस अघि लगाएको रङ १० बर्ष टिक्ने तर खड्काले लगाएको रङ ६ महिना टिक्न नसक्नेलाइ के भन्ने ? बिध्यार्थिबाट उठाएको शुल्कबाट गरिने कामको यो हबिगत उपर सत्यतथ्य छानबिन हुनुपर्छ र गल्ती काम गरि कमिसन कुम्ल्याउनेबाट क्षेतिपुर्ती असुल गरिनुपर्ने शिक्षक कर्मचारी बृतमै आवाज उठेको छ ।

५ बर्ष देखि क्याम्पसको क्यान्टीन सित्तैमा !

गण्डकी कलेज अफ इन्जिनियरिङका प्राचार्य समेत रहेका बिरेन्द्र खड्काले कलेजको क्यान्टीन सित्तैमा चलाउन दिएर कलेजलाइ हानी नोक्सानी पुर्याएको तथ्य बाहिरिएको छ ।खड्काले गण्डकी बोर्डिङका सवारी चालक कृष्ण बास्तोलालाइ कलेजको क्यान्टिन निशुल्क चलाउन दिएका थिए । क्यान्टिन चलाए बापत बिजुलिको पैसा मात्र तिरे पुग्ने गरि कृष्ण बास्तोलाकी श्रीमती हरिमाया तिमल्सिना लाई मिति २०७७ फागुन ५ गते सम्झौता गरेका थिए ।
सम्झौतामा प्राचार्य बिरेन्द्र खड्का , सहायक प्राचार्य अशोकराज पराजुली र खाध्य अधिकृत बिकाश श्रेष्ठले साक्षी किनारामा सहि छाप गरेका थिए । बिरेन्द्रको इशारामा बास्तोलाको पत्निलाइ निशुल्क दिइएको र पछि चर्चा चलेपछी ब्याक डेटमा कोटेसन मागे जस्तो गरि कागजी सम्झौता गरिएको जानकारहरु बताउँछन् ।
सार्बजनिक सस्थाहरुले गर्ने आर्थिक कारोबारजन्य काम सार्बजनिक खरिद सम्बन्धि कानुनको दयरामा हुनुपर्छ । आफ्ना बिस्वास पात्रलाई पोषेर सस्थालाइ हानी नोक्सानी पुर्याउनुलाइ आर्थिक अपराध मानिन्छ । कलेजले दिने सेवा प्रतिस्पर्धाको आधारमा गरिनुपर्छ ।भवन र भाडाकुडा सहित कलेजको खर्च गरि ब्यापारिक प्रयोजनको लागि दिइदा त्यसबाट कलेजले आम्दानिको स्रोत गुमाउन दिनु हुन्नथ्यो तर प्राचार्यले कानुनलाइ मुठ्ठीमा लिएर आफुखुसी निर्णय गरि आफ्नै कार्यालयको चालकलाई पोष्दा बितेका ५ बर्षमा कति हानी पुर्याए त्यसको हिसाब किताब गरिनु पर्ने आवाज उठेको छ । कलेज र बोर्डिङ चलाउने अख्तियारि लिएर आएका प्रमुखले ब्यक्ती पोष्ने कि कलेज उकास्ने ? कानुन मान्ने कि कानुन कुल्चिने ? त्यसको हिसाब किताब सुबिधा लिने र दिने बीच हुन जरुरी छ ।

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: