समाजलाइ तडक भडक बनाउन हुदैन भन्ने भनाइमा सबैको बोली एउटै रहेको हुन्छ । बोलिलाइ ब्यबहारिक बनाउने हो भने त्यसको सकारात्मक प्रभाव देश र जनतामा पर्ने निश्चिति रहन्छ । पछिल्लो समय समाज झन बढी भड्किलो बन्दै गएको छ । देखासिकी सस्कृतिको बिकासको पारो ह्वात्तै बढेर गएको छ ।
चाड पर्बहरु बिकृतिको पहाड जस्तै बन्दै गएको छ । सर्ब साधारण नागरिक हरुका लागि दशा काल बनेको छ ।तीज ३ दिन मनाउनु पर्ने हो तर एक महिना सम्म तीजको तडकभडक यत्रतत्र सर्बत्र देखिन्छ । यसले गरिब दुखी हरुको लागि नकारात्मक सन्देश प्रबाह गरेको छ ।पर्व न आओस भन्दै प्रार्थना गर्नुपर्ने अवस्था आएको छ ।
दशै नेपालीहरुको महान पर्व हो । सास्कृतिक पर्व भनिने बडा दशै सास्कृतिक भन्दा तडकभडक युक्त हुन पुगेको छ । जग्गा बेचेर पर्व मनाउने ,भैंसी बेचेर खसी किन्ने सस्कारको बिकास हुँदै गएको छ । समय अनुसार चल्न नसक्दा दशै दशा बन्न पुगेको छ । त्यसो हुनुमा नागरिकहरु स्वएम त भए राज्यको पनि उतिकै कमि कमजोरी रहेको छ । ठुला पर्बहरु मनाउदा अपनाउनु पर्ने साबधानिका बारेमा नागरिकलाई शिक्षा दिन सकेको पाइन्न ।
नेपालले कानुन बनाउछ कार्यान्वयन गर्दैन ।जसले कानुन बनाउने काम गर्छन उसैले कानुन बिपरित कार्य गर्नेगरेको प्रस्ट देखिन्छ । सामाजिक व्यबहार सुधार ऐन नेपालले बनाएर लागू गर्यो ।पन्चायत कालमा बनेको यो कानुन त्यतिखेर कार्यान्वयन भएको थियो । बिबाह ब्रतबन्ध गरिदा ५१ जना भन्दा कम मात्र सहभागी हुन पाउथे चाहे जति सुकै उच्च ओहोदाको भए पनि उनिहरुले कानुन मान्नु पर्थ्यो । भोजमा जान , जन्त जान ५१ जना भित्र गनिनु पर्थ्यो । नत्र सहभागी हुन पाइन्न्थ्यो तर अहिले धनी मनि र उच्च ओहोदाका सन्तानको बिहे ब्रतबन्धमा २ हजार भन्दा बढी लावा लस्कर लगाएर जन्त जाने ठुला ठुला भोज आयोजना गर्ने काम गर्ने गरेको प्रस्ट देख्न पाइन्छ ।
जो कानुनको रक्षक छ उहीँ कानुन मिच्न उद्दत देखिन्छ । पैसाको सान देखाएर कानुन बिपरित काम गर्नेहरु उनै नीति निर्माता र कानुनका परिपालक हुन । अगुवाले नै बाटो बिराउदा सर्बसाधारण नागरिकहरु निरीह बन्न पुगेको तितो एथार्थ घाम जतिकै छर्लङ्ग भएको छ । प्रधानमन्त्री ,मुख्य मन्त्री , मन्त्री , उच्च सरकारी अधिकारी हरुबाटै गलत अभ्यास भैरहेको अबस्थामा परिवर्तनको अपेक्षा राख्नु बेकार जस्तै भएको छ । दन्डहिनताका कारण मुलुकले अन्तर्राष्ट्रिय स्तरमा बेइज्जतिको भारी बोक्न बाध्य भएको छ ।
नेपाल आर्थिक मन्दिको चपेटमा परेको छ । रेमिटेन्सको भरमा आयात बस्तुको सुरक्षा देखिएपनी ब्यापार घाटा चरम बिन्दुमा पुगेको छ । दालभात खान पनि ॠण गर्न पर्ने दुराबस्था छ र पनि राष्ट्रका जिम्मेवार ब्यक्तिको आँखा खुल्न सकेको छैन। परिवर्तन गर्न जरुरत छ सुरुवात माथिल्लो भनिने तर मारा बर्ग बाटै हुनुपर्छ । समाज जोगाउन समाज सुधार गर्न सामाजिक व्यबहार सुधार गर्नुपर्छ ।कानुन बनाएर अगि बड्न सकेमा जारी बेथिति र सकट हटाउन सकिन्छ ।
Advertisements
Advertisements
Advertisements