परदेशिन बाध्य चेलिका कथा-ब्यथा ।

सराङकोट न्यूज
21 August, 2024 4:32 pm
Advertisements

अनिल बस्ताकोटी द्वारा लिखित 

आमा बुढी हुनुन्छ बुवाको निदन भैसकेको छ  , उबेलाको चलन वा चेतनाको अभाब भनु  धेरै सन्तान जन्मायका रहेछन , म चाहिँ सबैभन्दा कान्छी छोरी हु,एकजना दाइ भाउजू आफाफ्नो घरजम गरेर बसेका छन ।दिदीहरु पनि भिनाजुका धनी भैसके म भाइ अनि म माथिकी एउटि दिदी छम बिहे गर्न बाकी । म बाध्यताले यहाँ आउनु पर्यो भनौ कि म मजबुर भएको छु। घर खोटाङ जिल्ला दिक्तेल नजिकै हो , गाउमा गाई भैंसी बाख्रा गोरु चराउने मेलापात जाने गरेर पढेकी मैले १२ कक्षा पास काठमाडौ बाट गरे , जब गाउमा पनि केही उपाय नलागे पछि हामी काठमाडौ आयौ अझ हाम्रा दुखका दिन सुरु हुन थाले। समय कोरोनाको कहरमा थियो , न कुनै जागिर थियो न पैसो आउने बाटो नै थियो , दैनिक ज्याला मजदुरी गरेर कोठा भाडामा बस्थ्यौ तेहि सबै गर्थ्यौ । बुढी आमालाई कोरोनाले समात्यो अनि उपचारका लागि अस्पताल लगियो अनि त हाम्रा एक एक गरेर सबै भयका गर गहना अनि धेर थोरै पैसा पनि सकिए हामी खान पनि धौ धौ को स्थितिमा पुग्न लागियो ।  कोरोनाको बेला आमालाइ अक्सिजन लगाउनु पर्ने न समयमा पाइने न पैसा भनेको जति दिन सकिने मैले आमा लाई बचाउन दिनमा गिटि कुटने काम गर्थे रातिमा लुकि लुकि बालुवा बेच्ने काम गर्न थाले १९-२० बर्सकी म काठमान्डौ ज्स्तो ठाउमा बुढी आमालाइ बचाउन गरेको दिन रातको दुखले मलाइ आमा प्रती त मैले न्याय गरे तर आफुलाइ भने पल पल मारि रहे  , कति समय नखाइ नखाइ पनि सुते , गाउमा दाजु लाई फोन गर्यो तेरि आमा लैते नै हेर भनेर रुखो वचन गर्थ्यो  न एक पट्क पनि बिरामी आमा भेटन आयो । आखीर हाम्रो समाज  सधै छोरा छोरा भन्थ्यो ती दिन आफ्नै दाजुको त्यो व्यबहार बाट प्रस्ट भयो छोरा केवल बंस धन्ने मात्र रहर रहेछ । राती राती बालुवा चोरेर ५० रुपौया बोरा बेचेर मैले पैसा जम्मा गरेर बिहान आमालाइ भेटन अस्पताल जान्थे औषधि लान्थे , दुनिया थरी औषधि दुनिया थरी चेकअप त्यो अस्पतालको भागम भाग, कोहि मरेका आफन्त को चिच्याहट झलस भोलि मेरि आमा पनि मरिन भने सोचेर आँसु झार्दै म यता उता गरिरहेको हुन्थे ।  कहिले काहीँ भगवानसग पनि रिस उठथ्यो छैनन जस्तो लाग्थ्यो मलाइ ।
एकदिनको कुरा हो पैसाको यति खाचो पर्यो कि अस्पतालमा कुनि के गर्नका लागि हो ६ हजारको अत्याबस्यक पर्यो मेरो केही उपाय थियन अपरिचित ठाउँ कोसग माग्ने के भन्ने मैले केही पनि ठाउँ भेटिन मेरा मनमा अनेकौ उपाय खोज्ने क्रममा मलाइ आफ्नो शरीर बेचेर कमाउ र यो उल्झन बाट निस्कौ भैसकेको थियो मैले यो भन्न केही अफ्ट्यारो मान्दिन म त्यो बाध्यता बाट निस्कन यो गर्नपर्छ अरु मागेर त कसैले दिदैन भन्ने सम्म पनि पुगे आखी मर्नु भन्दा बौलाउन बेस लाग्यो तर… भगवानले बचाय मलाइ त्यो गर्न बाट घरबेटीले पैसा सापटी दियर मलाइ यति ठुलो गुन लगाए कोरोनाको समय एकले अर्कालाइ नचिन्ने समयमा मेरा घरबेटिले म प्रती गरेको त्यो सहयोग सायद मरेपछि पनि म भुल्न सक्दिन , मैले पैसा पाय हस्पिटलमा पौसा तिरे बिस्तारै  बिस्तारै आमा निको हुन लाग्नु भयो माहोल ज्याला मजदुरी गरेर खाने तिर सामान्य हुँदै गयो सहरले हलुका सास लिन लाग्यो आमालाइ कोठामा ल्याइयो ।
बिस्तारै अब सामान्य अबस्थामा त फर्कियो तर हामी सग केही थियन सबै गुमाइसकेका थियौ न गर गहना पैसा । मात्र बिहान गरे बेलुका खान पाइन्थ्यो अरु केही थियन। तेत्तिकैमा मैले गाउमा एकजना चिनेको माओबादिको नेता हुनुहुन्थ्यो काठमाडौ बस्ने उहालाइ मेसेन्जरमा मेसेज गरे अन्कल मलाइ काम लगाइदिनु न काठमाडौमा भनेर उहाको एक दिन पछि रिप्लाइ आयो हुन्छ म  लगाइदिन्छु तर एक रात हामी कतै गयर बसौ न त भन्ने प्रस्ताब आयो मैले आफ्नै ठाउका अन्कल सहयोग गर्लानी भनेर गरेको  बिस्वास छिनमै कालो बादल बन्यो अनि लाग्यो थुक्क तिमिले गरेको राजनिती तेसपछी उ सग केही सवाल जवाफ भयन ।
सामान्य जीवन चलिरहेको थियो देशमा केही उपाय नलागेपछी म बिदेश जाने सोच बनायको थिय र मेरो दुबै को एक क्लिनर कम्पनिमा भिसा पनि आइ सकेको थियो । रिण धन खिजेर एक लाख ३० हजार तिरेर म दुबै लागे १०५० दिराम को मासिक सेलरिमा साइन गरेर ।

नया ठाउँ नया अनुहार नया देश भेस अनौठो सस्कृती अनौठा सेतै लगाउने अग्ला अग्ला मानिसहरु कोहि काला कोहि चादी भन्दा पनि सेता कोहि कालै लगायर हिन्ने कोहि छोटा छोटा लगायर हिन्न्र झलमल सहर अग्का अग्ला इमारात अग्ला अग्ला बङला अग्ला अग्ला टावर अनेक तरहका गाडिहरु नौलो प्रबिधी मलाइ सबै अनौठो लाग्यो उताबाट त्यस्ता अग्ला भवन देखेर आयको त्यस्तैमा होला काम भनेर आयको यहाँ पनि आयर उहीँ एउटा कोठामा ८ जना को दरले राख्ने उहीँ सबैभन्दा तल्लो स्तरको ठाउँ लेवर एरियामा राख्यो ।उता देखाउने दुबै र यहा आएर भोग्ने दुबै अलगै रहेछ मन चिसो भयो तर के गर्ने म जस्ता हजारौ नेपाली चेली देखे अनि मन बुझाय म चाइ कोन्सा ठुली घरकी हु र मेरो औकात एहि हो भन्ने लाग्यो मन मनै, अनि लागियो १२ घन्टे डिउटिमा ।

आयको केही दिन सम्म त यतापनी राम्रै चलेको थियो उताबात ल्यायको अलि अलि पौसा थियो अनि जब त्यो सकिन थाल्यो अनि मन भक भक पोल्न थाल्यो सेलरी आउन महिना कुर्न पर्ने पकायर खानु पर्ने बेलुका ओहो जतागयो उतै ठक्कर जहाँ पनि अभाव अभाव मात्र भोग्नु परेको जिन्दगी सम्झेर आयको केही दिन सम्म निकै रोए , कोठामा रुन नसकिने रहेछ नाइट डिउटिबाला हरुलाइ डिस्ट्रब हुने रहेछ ट्वाइलेटमा गयर मजाले रोयर आँखा धोयर आउनु पर्ने रुन पनि ठाउँ नपाइने परदेश कस्तो जन्म कस्तो बाध्यता कस्तो मजबुरि !!!
पहिलो महिनाको सेलरी आयो १०५० त्यसमा ४०० त खाना मै सकियो ५० नेटको १०० दिराम एता उता खर्च ५५० त यतिकै सकियो बच्यो ५०० दिराम नेपाली १८ हजार जति फेरि महिना भरिको १२ घन्टे काम सम्झिय ती नेपालका दुखी दिन सम्झिय फेरि मन थाम्न सकिन रोय यति रोयकि सायद यता उता पनि सुइको पायका थिय साथिहरुले केही पछि आफै चुप लागे मलाइ ढाडस दिने र फकाउन कोहि आउदैन न आमा न बाबा न साथी नै फेरि बाध्यता भनेर मन बुझाय अनि ५ सय दिराम घर आमा लाई पठाय ।
एक दुई महिना बितिसकेको थियो म लगभग सबै कुरा बुझिसकेको थिय यहाको चलन के राम्रो नराम्रो को कास्तो कुन तरिकाले हेर्छन मलाइ बुझ्न धेरै समय नै लागेन अनि मैले पहिला देखि सुन्दै आयको दुबैमा खाडिमा नेपाली केटि हरु धेरै बिग्रन्छन अरु केटा सग हिन्छन पाकिस्तानी र बङाली सग बस्छन भनेर सुनेको थिय येहा प्रस्ट देखे सुने काम गर्ने ठाउँ देखि बस्ने क्याम्प सम्म सिनियर ले सेक्सको प्रस्ताब राखेकै हुने रहेछ ,, यदि मान्यो भने सजिलो डिउटी छुट्टी  हालिदिने मानेन भने अफ्ट्यारो समस्याहरुमा पारिदिने जहाँ पनि यो परम्परा एउटै रहेछ ,,
थोरै सेलरी छ आफ्ना इच्छा छन चाहाना छन सपना छन सबैको हिसाबले हिन्न पर्यो समय अनुरुप चल्न पर्यो खानु पर्यो सबै कुरा तलबले भ्याउदैन एक रुपैया पनि बच्दैन यदि नर्मल जीवन बिताउने हो भने एक रुपौया बच्दैन सबै आघा आधा कटौती गरेर इच्छा मारेर चाहाना दबायर पैसा जोगाउन पर्छ ।यो यहि बाध्यताको भुमरिमा परेर रहेछ नेपाली चेली हरु ले निम्न माथी भनेका अबस्थामा पुग्ने धेरै ब्याइफेन्ड बनाउने जसले आफ्नो आवस्यकता पूरा गर्दिन्छ जसले केही सहयोग गर्छ  उसकाइ जात धर्म धनी गरिव नहेरी बिना केही सोची सम्बन्धमा बस्दा रहेछन  । म एसमा कुनै पनि नेपाली नारिलाइ दोस दिन्न के गर्ने बाधय्ता हो कोहि जाना जान तेस्तो गर्नु परेको छ कोहि बाध्यता घरको समस्याको कारण  तेस्तो गर्नु परेको छ हो गलत हो भन्ने बुझ्दा बुझ्दा पनि तेसैलाइ निरन्तरता दिनु परेको छ  मैले आफैले भोगे अभावको भुमरिमा परेपछी मानिस जे गर्न पनि मजबुर हुनु पर्ने रहेछ ,, मैले कुनै महिलाइलाइ हेपेर भन्न खोजेको छैन तर अहिलेको सत्य  यहि हो जो मैले माथी लेखे  होला सबै त्यस्ता हुनुहुन्न तर त्यस्ता पनि हुनुहुन्छ जो आफै पनि भन्नू हुन्छ बाध्यता हो भनेर । मैले धेरै देखे धेरै भोगे बिना स्वार्थ कसैले पनि सहयोग गर्दैनन एक न एक दिन फाइदा उठायरौ छोडछन कलियुग हो धप घप बलिरहेछ  दुबइ बाट एक मजबुर केटि ..

पोखरा ३३ , लामगादि
हाल -दुबइ सोनापुर

(लेखकको निजि बिचार)

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: