सम्पादकीय – स्कुल बसको अनुगमन र ब्यबस्थापन जरुरी

सराङकोट न्यूज
10 August, 2024 11:08 am
Advertisements

गत हप्ता कृस्तिबाट पोखराको बिरौटा तर्फ आइरहेको एलपी देबकोटा एजुकेसन फाउन्डेसन पोखराको बस दुर्घटनामा पर्यो । कृस्तिबाट करिब ३० जना बिध्यार्थी बोकेको बस पोखरा आउने क्रमम एकहाते भन्ने ठाउमा पुग्दा बस सडक किनाराबाट झन्डै ५० मिटर तल खस्न पुग्दा २ जनाको निधन हुन पुग्यो भने २८ जना बालबालिका घाइते हुन पुगे ।
यो घटना केबल नमुना घटना मात्र हो । बेलाबेलामा हुने स्कुलला बिध्यार्थी सवार गाडिहरु दुखद दुर्घटनामा पर्दा राज्यले भबिस्यका कर्णधार बालबालिका हरुलाइ गुमाउनु परेको तितो यथार्थ हामिबाट छुप्न सकेको छैन । पटक पटक हुने दुर्घटनामा राज्यले आवश्यक छानबिन गरि घटनालाइ न्यूनीकरण गर्न पहल गरेको छैन यो लज्जास्पद बिषय हो ।
दुर्घटना बाजा बजाएर आउदैन तर सचेतना अपनाउनु राज्यका जिम्मेवार निकायको कमजोरी हो । बिध्यालय खोल्नु राजस्व उठाउनु मात्र राज्यको कर्तब्री र दायित्व होइन ।नागरिकलाइ सुरक्षाको प्रत्याभूत गराउन सक्नु लोककल्याणकारी राज्यको मुख्रय मार्गदर्शन हुनुपर्छ । नतिजा उपलब्धी एउटा फरक बिषय हो ।जीवन सुरक्षालाइ महत्वपूर्ण रुपमा लिइनुपर्छ ।
बिध्यालयले प्रयोग गर्ने स्कुल बस गुणस्तरीय र भरपर्दो हुनुपर्छ । कतिपय बिध्यालयहरिले जिर्ण भैसकेका सार्बजनिक बसहरु किनेर बिध्यार्थी ओसारपसार गर्न प्रयोग गर्दै आएकाछ्न । ती बसहरुमा पहेलो रङ पोत्दैमा स्कुललाई प्रयोग गर्न दिनु हुन्न । यातायात प्रशासनले अनुगमन यान्त्रिक परिक्षण र सिट क्षमताको कार्यबिधी र मापदण्ड तय गनुपर्छ ।
बिध्यालयले बिध्यार्थी ओसार्न अस्वस्थ प्रतिस्पर्धा गर्ने गरेकाले पनि दुखद दुर्घटना हुने गरेका छन । डाडा काडामा पुगेर सहरमा बिध्यार्थी ओसारपसार गर्निभन्दा गाउँ ठाउको बिध्यालयलाइ गुणस्तरीय बनाउनु आवश्यक देखिन्छ । देखासिकी गर्ने होड नै चलेको छ नेपालमा । घर आगनको सामुदायिक बिध्यालयलाइ बेवास्ता गर्दै टाइ लगाएर शहरको बोर्डिङ्ममा छोराछोरीलाई पठाइने गर्दा सरकारी बिध्यालयहरु सुकेर गएको अबस्थामा पुगेको छ । सरकारी बिध्यालयका शिक्षकहरु स्वएम निजि बोर्डिङमा आफ्ना छोराछोरीलाई पठाउने गरेका छ्न ।आफुले पढाएको शिक्षा आफैलाइ बिस्वास नलागेको छ । यो भन्दा दुखद बिषय के हुन सक्छ ।
निजि बोर्डिङहरु कमाउ धन्दाको अखडा हो । यो रोग सरकारी स्कुलमा ओअनि सरेको छ । नपाढाएको बिषयमा समेत शुल्क लिने त्यसरी लिएको शुल्क शिक्षकको सुबिधामा बाड्ने गरेको पाइन्छ ।यसले दिने सन्देश केबल रकमी र ढोगी सस्कार्लाइ प्रोत्साहन गरको बुझिन्छ बिध्यालयले प्रयोग गर्ने स्कुल बसहरु सुरक्षित हुनुपर्छ । सिट क्षमता भन्दा बढी बिध्यार्थी राख्न पाइन्न ।यान्त्रिक जाँच नियमित गराइनुपर्छ नकि ब्रेक फेल भय , याएर चिप्लियो , स्टेरिङ लक भयो भन्न नपरोस । सरकारले कडा मापदण्ड बनाएर बिध्यार्थी ओसारपसार गर्ने बसहरुलाई ब्यबस्थापन र नियमन गर्नुपर्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: