१५ साउन -होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ ।
१५ गते -पोखरामा सम्पन्न नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनले सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
१५ गते -३० दिनभित्र पूर्वअध्यक्ष शेष घले नेतृत्वको समितिलाई बैठक राख्न र, पहिलो बैठक बसेको ६ महिनाभित्र एकताको महाधिवेशन गर्न पनि सर्बोच्चले आदेश दिएको छ ।
१६ गते -नेकपा एमाले गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको छ ।
१६ गते -राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् ।
१६ गते -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी पश्चिमका जिल्ला कारागार प्रमुख (शाखा अधिकृत) विनोदकुमार दत्त कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेअ
१६ गते -सरकारले सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
१६ गते -काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठनले सर्वोच्च अदालतको भवनमा लोक सेवा आयोगले लिने परीक्षाको तयारीका लागि सञ्चालन गरेको ट्युसन सेन्टरमा तालाबन्दी गरेको छ ।
१५ गते -बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त गरियो।
१६ गते -राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने सरकारको निर्णय ।
१७ गते नेकपा एमालेको गण्डकी प्रदेश कमिटी इन्चार्जमा किरण गुरुङ मनोनीत भएका छन् । पार्टी सचिवालयको बिहीबार बसेको बैठकले गुरुङलाई गण्डकी इन्चार्ज बनाएको हो ।
१६ गते -संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकमा शीर्ष तीन दलहरुबीच सहमति जुटेको छ । आज बिहान गृह मन्त्रालयमा बसेको कार्यदल बैठकले विधेयक संशाेधनको लागि नमिलेकाे विषयमा सहमति कायम गरेको हो ।
१७ गते -नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ ।
१७ गते -पोखराको होटल दीप दर्शनबाट ५० लाख बराबरको लागुऔषध बरामद । इन्दु श्रेस्ठ र मिलन पौडेल पक्राउ ।
१७ गते -नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । कास्कीकाे इन्चार्ज केन्द्रीय सदस्य कृष्षबहादुर थापा जिम्मेवारी ताेकिएकाे हाे ।
१८ गते -नायव निरीक्षक (सई)कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरुको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
१८ गते -आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ ।
१८गते -पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
२० गते -सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई जना सदस्यलाई हटाएको छ। ऊर्जामन्त्री दीपक खड्काले सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यबाट हटाएका हुन्।
२१ गते -सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) बारे कार्यदलस्तरमा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।
२१ साउनबंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो ।
Advertisements
Advertisements
Advertisements