सुरक्षाको लागि खटिएको प्रहरिको सवारी आफै दुर्घटनामा परेपछी विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।पोखरामा मध्यराती वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली चढेको गाडीले अनियन्त्रित तरिकाले चलाउदा चौतारीमा बेस्सरी ठोकिएको छ ।
ठक्करबाट पोखरा ६ शान्तिपाटन चोक स्थित टान चौतारीमा पुर्ण रुपमा क्षती भएको छ । मध्यरातमा भएको दुर्घटना पछि गाडीलाई क्रेन ल्याएर उठाएर लगिएको छ ।
चौतारी भत्कीएपछि छिटो बनाउन टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले अनुरोध गरेका छन् ।
सर्वसाधारण जनताको लागि सुरक्षा प्रदान गर्ने प्रहरी प्रशासन नै अम¥यादीत तबरबाट सवारी गुडाएको भन्दै आपत्ती जनाएका छन् । दुर्घटनाको कारण प्रहरीले खुलाएको छैन । स्मरणीय छ एसपी रमेस खरेलको पालामा भैसिको ट्रकले पैसा नदिइ भागे पछि प्रहरिको सिआरभि भ्यानले पछ्याउँदै जादा मुस्ताङ चोकमा प्रहरी भ्यान ठोक्किएर दुर्घटना हुदा ठूलो क्षती हुन पुगेको थियो ।