नेपालको राजनिती कतिखेर कसरी चल्छ भन्ने बिषय राजनीतिका महापन्डित हरुले बुझ्न त के अनुमान लाउनै सक्दैनन । रातारात के निर्णय हुन्छ स्वयम् निर्णयकर्तालाइनै थाहा हुन्न । आधिको झोक्का जस्तो कति खेर के हुन्छ , को बडारिन्छ को फेरिन्छ भन्नी नसकिने अबस्थामा नेपालको राजनीति गुज्रिएको छ ।
उच्च नैतिक धरातलको राजनिती नेपालले महसुस गर्नै पाएन । देशका ठुला गनिने दलका नेताहरुको बोली व्यवहार र कार्यसैलि पिपलको पात जस्तै अनिस्चित छ । जता जता काफल पाक्यो उतै चरी नाच्यो भने झै नेपालका नेताहरूको व्यबहार रहेको छ । नीति नैतिकता थिती पद्धति बिलय भैसकेको देखिन्छ । देश र जनताले कसरी फाइद लिन्छन भन्नुभन्दा आफुले कसरी फाइदा लिने भन्ने कुराले प्राथमिकता पाएको छ ।
बितेका दुई बर्षको राजनीतिक परिवर्तनलाई हेर्ने हो भने काफी छ अस्थिरताको मुल्यांकन गर्न ।घात प्रतिघात अन्तरघातको चक्रब्युहुमा रुमलिएको छ राजनीति । कुनै नेतागणको बोलिको बिश्वास छैन यहाँ । बिचार र सिद्धान्तको भन्दा स्वार्थ र धुर्तहरुको बोलवाला देखिन्छ ।कसैले सोचेको छैन नेपाल र नेपालिको भविष्य । ५ बर्ष टिक्नुपर्ने सरकार ५ महिना पनि टिक्दैन । कसलाइ देशलाइ बमाउने भन्दा कसलाइ सिध्याउन सकिन्छ भन्ने सोचले सत्ता परिवर्तनको काम भएको पाइन्छ देश र जनताको लागि यो घातकजन्य कार्य हो ।
नेपालको राजनितीक छवि अन्तर्राष्ट्रिय स्तरमै आलोचित बनेको अनुभुती गराएको छ । ब्यक्तिगत र दलगत स्वार्थको आधारमा गरिने राजनितिले मुलुक र मुलुकबासिको पक्षमा कुनै परिवर्तन ल्याउन नसक्नु अराजनीतिक कार्यको धोतक हो भन्दा अतियुक्ती नहोला ।
राजनीति गर्ने पदमा पुग्नकै लागि हो यसमा कुनै दुबिधा छैन तर पदमा पुग्ने कार्य उच्च नैतिक धरातलमा टेकेर हुनुपर्छ । नेपालको तिनै तहको सरकारमा हुने अनियमितता र अनैतिक कार्यशैलीले नेपालको साख गिराएको छ । सरकारमा पुग्ने प्रयोजनको लागि कुनैपनी नाजायज कार्य गरिनु र त्यसले देशको बिकाश र उन्नतिलाइ तिलान्जली दिएको छ ।
केन्द्रिय ससदमा एकल बहुमत नहुनुले लेनदेनको स्वार्थ चरमस्थलमा पुगेको छ । ठुला दलको अनमेल सम्बन्धले भुरे टाकुरे दलका नेताहरुलाइ खुदो पल्टिएको छ । सत्ताको फोहोरि खेलको उत्कर्शमा पुगेको छ नेपालको संघीयता । तेस्रो स्थान्मा पुगेको दलले कपटी पासा खेलाएर सत्ताको रजाइँ गरिरहेको छ । देश उधोगतिमा लाग्ने नेता र तिनका आसेपासेहरु उमो लाग्ने काम हुँदै आएको छ । जनमतको कदर गर्न नसक्ने नेताहरूका कारण कानुनको चोर प्वाल पहिल्याएर अनियमितता गर्न लालायित हुनु स्वाभिमानी नागरिकको लागि किमार्थ राम्रो मान्न सकिन्न । नेपालमा जारी पछिल्लो तरल राजनीतिक घटनाक्रमले देशको बिग्रदो अबस्थालाइ प्रतिबिम्बित गरेको छ ।