औषधि ब्यबसायी संघ गण्डकी प्रदेशको प्रमाणपत्र बितरण

सराङकोट न्यूज
6 July, 2024 2:49 pm
Advertisements

औषधी ब्यबस्यीहरुको छाता सस्था नेपाल औषधि ब्यबसायी संघ गन्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिलाई पद तथा ओहोदाको प्रमाणपत्र बितररण गरिएको छ । असार १० गते सम्पन्न दोस्रो अधिबेसनबाट सर्बसम्मत निर्बाचित भएका अध्यक्ष ,पदाधिकारी तथा सदस्यहरुलाइ निर्बाचन सयोजक वरिष्ठ अधिबक्ता सुरेन्द्र थापा मगरले प्रमाणपत्र प्रदान गरेका थिए ।


दोस्रो अधिबेशनबाट केशरी प्रसाद तिवारिको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन भएको हो। सर्बसम्म्त निर्बाचित हुने हरुमा अध्यक्ष : केसरी प्रसाद तिबारी
बरिष्ठ उपाध्यक्ष : दयानिधि पौडेल ,उपाध्यक्ष (थोक) :लक्ष्मी नारायण पराजुली ,उपाध्यक्ष(खुद्रा) : धनु देबी पिया ,महासचिव : संजिव देवकोटा क्षेत्री ,कोषाध्यक्ष : सुरेन्द्र कुमार अग्रवालल ,सचिव: संगम बाबु श्रेष्ठ ,उप कोषाध्यक्ष: यज्ञ प्रसाद शर्मा , सदस्य (थोक) :मिलन श्रेष्ठ , सदस्य(थोक) :दुर्गा प्रसाद अधिकारी , सदस्य (खुद्रा) : कमला भण्डारी ,सदस्य(खुद्रा) : चन्द्र राज रेग्मि सदस्य(महिला) : उर्मिला बस्नेत रानाभाट ,सदस्यहरु :नरहरी पनेरु :दिर्घ नारायण मरासीनी ,राम बहादुर बल्कोटी ,र गणेशमान श्रेष्ठ रहेका छन भने अध्यक्षको तर्फबाट नवलपुरका जिबनराज सापकोटालाइ मनोनित गरिएको छ । निबर्तमान अध्यक्ष कृष्ण प्रसाद पान्डे पदेन सदस्य रहने बिधानको ब्यबस्था रहेको छ ।


प्रमाणपत्र बितरण कार्यक्रम निर्बाचन समितिका सयोजक बरिस्ठ अधिबक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सन्चालन निर्बाचन समितिका सदस्य पत्रकार श्याम कुवरले र स्वागत मन्तव्य अधिबक्ता बिष्णु प्रसाद लम्सालले गरेका थिए । निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पान्डेले नव निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना ब्यक्त गरेका थिए । नवनिर्बाचित अध्यक्ष केशरी प्रसाद तिवारीले आफ्नो कार्यकालमा संघ र संघमा आबद्द सदस्यहरूको हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: