सम्पादकीय – सराङ्कोटका ७ सय पाइला

सराङकोट न्यूज
2 July, 2024 6:41 pm
Advertisements

सराङ्कोट साप्ताहिक पत्रीकाले स्थापनाको ७ सय अङ्क पार गरेको छ । २०६६ साल भाद्र १६ गते बाट प्रकाशन सुरु गरेको सराङ्कोट साप्ताहिकले विभिन्न उतार चढाव पार गर्दै आज ७ सय अङ्क सफलता पुर्बक प्रकाशन गरि पाठकको हात हात हुँदै मन मन्दिरमा पुग्न सफल भएकोमा हामी र हाम्रो टिम खुसिले पुलकित भएको कुरा तपाईहरु समक्ष पुर्याउन सकेकोमा थप उर्जा र उत्साह मिलेको छ ।
एक दशक बढी समय पत्रीकामा बिताएका जागिरे जिबनबाट सिकेका अनुभुतिहरुलाइ स्वरोजगार ब्यबसायीका रुपमा अघि सार्दाका ती दिनहरु उतिकै जोखिमपूर्ण थिए । खोजमुलक पत्रीका स्थापना गरौ भन्दा सहकार्य गर्ने आट कसैले नदेखाएको र पत्रीका घाटाको ब्यबसाय हो भन्दै तर्किएका साथिहरुका आगाडी डेढ दशक अर्थात सात दशक सम्मको यात्रामा पाएका उपलब्धि र सन्तुस्टिले खुसी सन्चार गराएको छ ।
पत्रीका सफलता पुर्बक चलाउन रणनीतिक अभ्यास गरियो भन्दा अत्युक्ति हुदैन । सन्चार जनमुखी हुनुपर्छ राष्ट्र केन्द्रित हुनुपर्छ भन्ने हाम्रो मुल मर्मलाइ सुशासन र सदाचारको सम्बाहकलाई मुल मर्म बनाउन र त्यसको लक्ष भेदन गर्ने कार्यलाई हामिले प्राथमिकता प्रदान गर्दै आयकाछौ ।
७ सय अङ्क सफलतापुर्बक प्रकाशन गर्ने क्रममा धेरै उतारचढाव बहन गरेका छौ । खोजपत्रकारिता हाम्रो मुल उद्देश्य रह्यो । दलको दलदलबाट अलग रहेर स्वतन्त्र र निस्पक्ष समाचार प्रवाह गर्ने कार्यमा कुनै सम्झौता गरिएन । लुकेका लुकाइएका खबर उतार्नु हाम्रो कर्म थियो ।त्यसलाइ सार्थकता दिन धेरै जोखिमपूर्ण कदम उठाउदै आएका छौ । लाखौलाइ न्याय गर्दा २/४ थान मानव भनिनेहरुले आँखा नफुकालेका होइनन , पाखुरा नमुसारेका होइनन , दवाब र प्रभावमा पार्न नखोजेका पनि होइनन तर सराङ्कोट यी सबैलाइ कुनै प्रवाह नगरी आफ्नो पथमा सतिसाल भएर उभिइरह्यो आफ्नो यात्रा जारी राख्यो ।
नेपालमा बढ्दै गएको भ्रष्टाचारको महामारीलाई नियन्त्रणमा लिनु हाम्रो अर्जुन दृस्ठि रह्यो । शिरबाट उमृएको जालो च्यात्ने त्यस अभियानमा सुचनाको हकलाई औजारको रुपमा प्रयोग गरियो ।जसले तथ्यपुर्ण समाचार सम्प्रेषण गर्न पर्याप्त आधार प्रदान गर्थ्यो । ढिला होस तर तथ्यपुर्ण होस भन्ने ध्यएले तयार पारिएका समाचारहरु सराङ्कोटको पहिचान बन्न पुगेको छ ।
७ सय अङ्क अबिरल रुपमा प्रकाशन गर्नु साप्ताहिक पत्रीकाको लागि सामान्य कार्य होइन । नयाँ अलिखित बिषयको उत्पती र त्यसको पुस्ट्याइले आम पाठकको मन जितेको छ । यस कार्यमा सुचनाको स्रोत अहम बिषय बन्यो । स्रोतको रक्षा गर्नुलाई हामिले मुल कर्तब्री मानेका छौ । सुचनाको स्रोतलाइ कहिले पनि कमजोर बनाएनौ । खोजपुर्ण खबरको आधार स्तम्भको रुपमा रहेका स्रोतलाइ सुरक्षाको उच्च बिन्दुमा सरक्षण गर्ने कार्यले हामिलाइ पर्याप्त र बिस्वस्नियता प्रदान गरेको कुरालाई ७ सय अङ्क सम्मका पानारुपी दस्ताबेजले प्रमाणित गराएको छ ।
प्रेस काउन्सिल नेपालको बर्गिकरणमा बिगतको १२ बर्ष देखि प्रदेशको क श्रेणिमा बर्गिकृत हुनु सराङकोटको थप उपलब्धी हो । आचारसंहितामा सदैब सचेत रहेकोले सराङ्कोट पत्रीका समाजको एक जिम्मेवार पत्रकारिताको नमुना बन्न पुगेको छ । भाबी दिनमा पनि यो उपलब्धिले सार्थकता र निरन्तरता दिने कार्यमा प्रतिबद्धता ब्यक्त गर्दछौ ७ सय अङ्क निरन्तर प्रकाशन हुदा कुनै पनि मुद्दा झेल्न परेको छैन , खन्डनको सामना गर्नु परेको छैन , यसलाईनै सफलताको कडिको रुपमा लिएका छ लिइरहनेछौ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: