बिकासमा बाधा !! महानगरको जग्गामा किन बनेन सरचना ?

सराङकोट न्यूज
2 July, 2024 6:37 pm
Advertisements

पोखरा महानगरपालिका वडा नम्बर ८ नयाबजारमा रहेको जिण तजरोमा सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र सन्चालन गरिएको छ । साबिकको दमकल नाले परिचीत उक्त स्थानको जग्गा पोखरा महानगरपालिकाको नाममा रहेको छ । ब्यबस्थित प्रशासकीय भवन बनाउन १४ करोड रुपैयाँमा टेन्डर भइ मोभिलाइजेसन रकम दिइसकेको अबस्थामा स्थानियले भवन निर्माण काॠ अगाडी बढ्न दिएनन । अन्तत ठेक्का रद्द हुन पुग्यो ।
हाल त्यस स्थानमा सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र चलाइएको छ । स्वस्थ्य केन्द्रलाइ ब्यबस्थित र सुरक्षित बनाउन कम्पाउन्ड बाल लगाउन महानगरपालिकाले प्रक्रिया अगाडि बढाउदा पुन केही स्थानिय ब्यक्तिको अबरोधका कारण निर्माण काॠ स्थगित गरिएको छ । कम्पाउन्ड लगाउने कार्य अगाडी बढाउदा केही ब्यक्ति अबरोध गर्न आएका थिए मेयर सापले काम रोक्न आदेश दिनुभएकोले काम रोकियो एक कर्मचारीले भने ।
बिकाश निर्माणमा अबरोध गर्ने प्रवृत्ति र बिरोध सामना गर्न नसक्ने पात्रका कारण पोखरा महानगरले निकाश पाउन नसकेको दुखेसो पोखेका छन । त्यस स्थानमा पोखरा महानगर जहिले पनि घाटामा परेको छ । गुरु योजना नबनाइ करिब ५० लाख खर्च गरि बनाइएको टिनको टहरो हस्तान्तरण नहुदै भत्काउने काम गरिएको थियो ।
स्थानियले त्यस ठाउमा रहेको वृक्षको फेदमा पुजा आजा गर्दै आएका छन । कतिपयले उक्त स्थानमा खाली ठाउँ राख्नुपर्ने बताउदै आएका छन । नागतिकले आफ्नो अधिकार खोज्दा कर्तव्य भुलेका हुनकी भन्ने चिन्ता थपिएको छ । खुल्ला स्थान भएकाले उक्त स्थानमा गजेडिहरुको लागि स्वर्ग साबित गराएको छ । समाजक अगुवा हरुले बिकाश निर्माणमा साथ सहयोग गर्नुपर्नेमा बिकाश गर्नै नदिने प्रवृत्तिलाई किमार्थ राम्रो मान्न सकिन्न

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: