औषधि ब्यबसायी संघ गण्डकीको अधिबेशनको तयारी

सराङकोट न्यूज
20 June, 2024 10:47 pm
Advertisements

औषधी व्यवसायीहरुको छाता सस्था औषधि व्यावसायि सघं गण्डकीको दिस्रो अधिवेशन सोमबार १० असारमा हुने भएको छ । पोखरामा हुने सघंको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

लेकसाइडको होटल निवासमा हुने अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको सघंका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले जानकारी दिए । अधिवेशनमा प्रदेशका ९ वटा जिल्लाबाट प्रतिनिधिहरु सहभागी हुने छन् भने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने पाण्डेले बताए ।

नयाँ नेतृत्व चयनकालागि सहमतीको प्रयास भइरहेको र सहमति नजुटेको अवस्थामा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिने आयोजकले जनाएको छ । संघलाई आम औषधि ब्यबसायीहरुको अपनत्व स्थापित गराउन सक्षम नेतृत्वदायी भुमिका आवस्यक रहेको बताउदै सक्षम ब्यबसायीले नेतृत्व लिनेमा आफू बिस्वस्थ रहेको अधक्ष कृष्ण प्रसाद पान्डेले बताए ।
अधिवेशनमा सघंका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: