सम्पादकीय -अस्थिरताले गाजेको संघीयता

सराङकोट न्यूज
19 June, 2024 8:36 pm
Advertisements

नेपालले बितेका दुई दशक संघीयताको अभ्यासमा बिताएको छ । एकाकी राज्यसताबाट लोकतान्त्रीकरण हुँदै संघीय गणतन्त्र सम्मको यात्रा सुरु गरेको नेपालले अपेक्षाकृत उपलब्धी र नागरिक सन्तुष्टि पाउन सकेको छैन । दृस्ठि बिहिनले हाती छामे जस्तै बनेको छ गणतन्त्र ।
गणतन्त्रले ल्याएको सम्बिधान लङ्गडो र सिमित ब्यक्ती केन्दृत भएको देखिन्छ । नीति तिथि र पद्धति भन्द्दा बाहिर गएर साशकको मुट्ठीमा कैद भएका कारण नागरिकले पाउने सन्तुष्टि शासक र प्रशासकको चङुलमा रजगज मै तल्लिन भएको छ । सम्बिधानले गरेको कमजोरीको कारण मुलुक अस्थिरताले घेरिएको छ । स्थिर सरकार बन्न सक्ने बाताबरण अन्त्री बन्न पुगेको छ ।
संघीय सरकारले बर्ष टिक्न सकेको छैन। सिद्धान्तका नाममा उत्तर र दक्षिण फर्किएका दलहरु सताको गठजोडमा सहजै मिलेका हुन्छन । एकमना सरकारको लागि बहुमत नपाएका कारण ठुला दलहरु बिच टकराब छ । त्यसको फाइदा टुक्रे दलहरुले प्राप्त गरेका छन । एक सिटे दुई सिटे हरुले जोक्करको भुमिका पाएका छन मन्त्री बनेर हालिमुहाली गरेका छन । उनिहरुलाइ जिस्क्याय हल्ल्लाए सरकार नै ढल्ने हुदा सरकारको नेतृत्व गरेकाहरु चुपचाप सहन बाध्य छन निरीह देखिन्छन । जसले गर्दा मुलुकले सुशासन पाएको छैन ।
प्रदेश सरकार केटाकेटिले भाडाकुटी खेलेजस्तो भएको छ । दिन गन्ती सरकार बन्ने गरेको छ । गन्डकी प्रदेश सरकारको परिबर्तनलाई हेर्दा आम नागरिकको धारणा प्रदेश खारेजि तर्फ पल्लाभारी हुँदै गएको छ । कोशी प्रदेश सरकार गठन र बिघटनका गतिबिधिले पनि आम नागरिकमा नकारात्मक सन्देश प्रवाह हुन पुगेको छ । प्रदेश सरकार सेतो हात्ती बनेको भन्दै आम धारणा बनेको छ । प्रदेशको सन्चालन खर्च बिकाशमा लगाउने हो भने त्यसबाट प्रदेश बासिले पाउने सन्तुष्टि प्रभाबकारी बन्न सक्छ ।
न्यायोचित शासन प्रणाली नागरिकको मुल अपेक्षा हो । केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकार दिगो बनाउने सम्बिधान बनाउन सबै दलले एक्यवद्धता जाहेर गर्नु पर्छ । समानुपातिक प्रथाले मोल मोलाइ र भ्रष्टाचार बढाएको छ त्यसको खारेजी गर्नुपर्छ । प्रतक्ष निर्बाचन प्रणालिलाइ मुख्य आधार बनाउने हो भने जन अस्वीकृत ब्यक्तिहरु सरकारमा सहभागिता हुन बाट जोगाउन र नागरिक उत्तरदायी सरकार बनाउन सकिन्छ ।
नेपालको साशकिय समस्या भनेको अस्थिर राजनिती हो । अस्थिरताले गाजेको रोग महारोग बदै गएको छ । जबसम्म अस्थिरतालाई अन्त्य गर्न सकिन्न तब सम्म देश र जनताले न्याय पाउन सक्ने अबस्था छैन । सम्बन्धीतको ध्यान जाओस ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: