साता गतिबिधी (२०८१/०२/२९-०३/०३ गते

सराङकोट न्यूज
16 June, 2024 10:18 pm
Advertisements

जेष्ठ २९ गते -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुपका मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
जेष्ठ २९ -प्राइम सहकारी ठगी : १ अर्ब ५७ करोड बिगो दाबीसहित ६६ जनाविरुद्ध अदालतमा मुद्दा दायर ।
२९ गते -ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक बुधबार सम्पन्न बैठकले कास्कीमा तीन महिना नदिजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ ।
३० जेस -जना लोक तथा दोहोरीगीतका कलाकारले अभद्र र अपाच्य गायन प्रस्तुति नदिने लिखित प्रतिबद्धता जनाएका छन् ।
३० गते -प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता समीकरणको तीन महिनाको समीक्षा भएको छ ।
३१ गते काठमाडौं महानगरपालिकाको शिक्षा विभागले २७ वटा सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा ताला लगाएको छ।
३२ गते -बंगलादेशको नयाँ वायुसेवा कम्पनी एयर अस्ट्राले ढाका–पोखरा उडान गर्ने भएको छ । बंगलादेशी एयरलाइन्स कम्पनीले ढाकाबाट पोखरा सीधा उडान गर्ने तयारी गरेको हो ।
३२ गते -उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पत्रकारलाई निर्मम प्रश्न गर्न आग्रह गरे पनि प्रश्नै नसुनी कार्यक्रम स्थगित गरेको गुनासो बाहिरियो ।
३२ गते -अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले आफ्ना छोराको नाममा गाउँपालिकाको दुई लाख रुपैयाँ हात पारेका छन् ।
असार १ गते -काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ कराेडकाे बजेट ल्याएको छ ।
१ गते -टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित भएको छ ।
१ गते -नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेलको मूल्य लिटरमा १ रुपैयाँले घटाइएको जनाएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: