कलम चलाउनेहरुका लागि विश्व प्रेस स्वतन्त्रता दिवस एक महत्त्वपूर्ण दिन मानिन्छ। फेरि आम नागरिकमा समाचारको माध्यमबाट सुचना प्रवाह गर्नु विकृति विसंति र भ्रष्टाचारका विरुद्द कलम चलाउदै अन्याय अत्याचारका विरुद् आवाज उठाउदै आवाज विहिनका लागि आवाज बन्नु आम सचारकर्मिको प्रमुख धर्म र कर्तब्य पनि हो। कुनै पनि राष्ट्रमा परिवर्तन ल्याउन र सरकारले गरेका कामकाज
को बारेमा टीका टिप्पणि साथै सचेत गराउने प्रमुख भुमिका निर्वाह गर्दै वैधानि प्रतिपक्षिको रुपमा कलमद्वारा विरोध गर्ने मात्रै होइन सत्तामा रहने वा नरहने सबैलाई झक्झक्याउने निकाय भनेकै प्रेस जगत हो ।
तर नेपालकै सन्दर्भमा भन्नू पर्दा प्रेस स्वतन्त्रता दिवस मान्न बाध्य र विवस हुँदै कलम चलाउने हजारौ श्रमजिवि पत्रकार अझै पनि न त पत्रकारितामा निर्भर भएर बाच्न सकिरहेका छन् न त स्वतन्त्रपुर्वक निडर र निर्भिक भएर आफ्नै हातमा रहेको आफ्नो कलम चलाउन सकि रहेका छन्।फेरि पनि विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकार हरुले विवस हुदै मनाइ रहेका छन्। सत्य तथ्य र यथार्थपरक पत्रकारिता गर्न चाहने र गर्नेहरुका लागि नत जिवन रक्षाको ग्यारेन्टी छ नत जीवन निर्वाहको खासै ग्यारेन्टी छ।बास् सरकारले एउटा चौथो अंगको विल्ला भिराइदिएको छ। जसले गर्दा इमान्दार पत्रकारिता गर्ने हरुका लागि नाम भने सुब्बिनि के खाएर उभ्भिनि भने जस्तो छ। नेपालमा मात्रै पत्रकारिता लाई मुल पेशा बनाएर जीवन धान्न चाहने हरुका लागि भने सच्चा पत्रकारिता टिक्नै नसक्ने अवस्थामा छ ।
नेपालको पत्रकारिता कि त राजनितिक दल वा कुनै नेताहरुको पिछलग्गु बन्न बाध्य छ कि त पुजिवाद सग घाँटी जोड्न र पुजिवादको हतियार बन्न बाध्य छ । नत्र उ बाच्नै नसक्ने अवस्था झेल्न तयार हुनु पर्ने भएको छ । या त पत्रकारिता बाहेक अर्को पेशा नगरि उ आफ्नो घर परिवार र आवस्यकता लाई पूरा गर्नै नसक्ने अवस्थामा वाच्न विवस छ। हिन्दिमा भनाइनै छ मर्ता न क्या नहि कर्ता यतिबेला नेपालका सच्चा इमानदार पत्रकारहरुको अवस्था त्यस्तै छ जसले गर्दा सच्चा इमानदार पत्रकारका लागि कि त वैकल्पिक पेशा व्यवशायमा हात हाल्न तयार हुनु पर्छ कि त दलाल भ्रष्टाचारहरुको मतियार बन्न बाध्य हुनु पर्छ कि त कुनै नेताको मुखपत्रको सम्पादक बन्न बाध्य हुनु पर्छ कि त समाचारको व्यापार गर्न विवस हुनु पर्छ भने पछि त्यो इमानदार सच्चा पत्रकारले कसरी प्रेस स्वतन्त्र छ भन्दै प्रेस स्वतन्त्रता दिवस मनाउन सक्छ।
तर यहि प्रेस स्वतन्त्रता दिवस कसैका लागि भने दसै नै भएको छ । देस पुरै दलाल पुजिवादको घेरामा बाधिएको मात्रै होइन स्वतन्त्र पत्रकारिता समेत दलाल भ्रष्टचार तस्कर र पुजिवादको जालोमा परेको छ ।जसले गर्दा नेपालको स्वतन्त्र पत्रकारिता भक्तकारिता बन्दै आज्ञाकारिता प्रदर्सन सहित सेवक बन्न बाध्य छ। फेरि नेपालमा शासक र व्यवस्था परिवर्तन गर्नु चानेचुने कुरा थिएन यहि व्यवस्था र शासक परिवर्तन गर्नका लागि नेपालको पत्रकारिताले निर्भिकता साथ जुन कलम चलाएको थियो सायद विश्वका कुनै पनि देसमा यति भाति नेपालको पत्रकारिताले जति बलिदानि दिदै शहादत प्राप्त गरेन होला ।कुनै पनि देसको पत्रकारिताले निडर र निर्भिक भएर आफ्नो कर्तब्य पुरा गरेन होला।
फेरि पनि समाचार लेखेकै भरमा पत्रकार थुनिनु पर्ने लोकतन्त्र ल्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरि यिनै शासकलाइ सत्तामा पुर्याउने पत्रकार जगत माथि झन् उल्टै आम नागरिकको वाक स्वतन्त्रता हनन हुने गरि नीति नियम कानुन बनाउन वर्तमान सरकारले जुन प्रयास गरिरहेको छ त्यो घृणित कदमका विरुद्द अब आम पत्रकार जगतले मात्रै होइन आम नागरिकले पनि उत्तिकै आवाज उठाउन र विरोध गर्नु पर्ने आवस्यकता देखिएको छ।त्यसैले भन्नै पर्ने हुन्छ जब सम्म स्वतन्त्रता पुर्वक सुचना पाउने आम नागरिकको मौलिक हक सुनिस्चित हुदैन स्वतन्त्र पुर्वक निर्भिकता पुर्वक सत्य तथ्य यथार्थपरक समाचार लेख्नका लागि कसैको दवाव र प्रभाव बाट मुक्त हुन सक्दैन तब सम्म नेपालको पत्रकारिता विवसता सहितको कलम चलाउन बाध्य पत्रकारिता रहिनै रहने छ । विवसता सहितको परम्परागत विश्व प्रेस स्वतन्त्रता दिवस मनाइनै रहने छ।