यदुनाथ बञ्जारा
केहि समय मात्र पहिले नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यालय प्रमुखहरुको कुर्सीबाट तौलिया हटाउन निर्देशन दिए । त्यसको केहि हप्ता पछि कार्यालयमा लेखेर टास्न भनि एउटा उक्ति फर्माए। उक्तिमा थियो “म भ्रष्टचार गर्दिन । म भ्रष्टचार हुन दिन्न । म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछुु ।”
प्रधानमन्त्री के.पि. ओली यस्तै झीना मसिना काम गरेर दिन विताइरहेका छन् । करिव ५ सय रुपैयाको तौलिया हटाउन सफल प्रधानमन्त्रीले ति कार्यालय भित्रका अनियमितता, ढिला सुस्ती र भ्रष्टचार हटाउन सकेका छैनन्। प्रधानमन्त्रीका उक्ति टाँसिएका कार्यालय घुसखोरका अखडा वनेका छन् । सरकारी वकिल कार्यालय, मालपोत, स्वास्थ्य निर्देशनालय, स्थानिय निकायहरुवाट दिनानुदिन भ्रष्टचारीहरु रगेंहात पक्राउ परेका पर्ये छन् । मुलुकका प्रमुख कार्यकारी व्यक्ति प्रधानमन्त्रीका उक्तिलाई धोति लगाएर कर्मचारीहरु भ्रष्टचारमा लिप्न पाइएका छन् यद्धपि हाकिमका कुर्सीवाट पाचँसयका तौलिया हटाएकोमा प्रधानमन्त्री ओली गर्वले पुलकित छन् ।
भुंइको एक रुपैया टिप्दा खल्तीको सय रुपैया खसेको थाहा छैन प्रधानमन्त्रीलाई । सिंहदरवार भित्रै हुने भ्रष्टचार नियन्त्रण गर्न त के निगरानी समेत गराएको छैन। सिंहदरवार भित्र रहेर देशलाई कानुन वनाई सुशासन दिने माननिय मन्त्री, सभामुख, सांसादहरु स्वयम् भ्रष्टचारमा लिप्त देखिएका छन् ।
पछिल्लो पटक खोजपत्रकारिता केन्द्रले तयार पारेको खोलमुलक रिपोर्टले राज्यका जिम्मेवार व्यक्तिहरुको गैह्र जिम्मेवारपुर्ण सोच र कायशैलीका जिवन्त चित्र संकेत गरेको छ । झुट्टा विवरण बनाएर राज्यकोषबाट गैह्रकानुनी ढ·ले सुविधा लिने गरेको सार्वजनिक भएको छ । संघिय संसदका माननिय सांसदहरु जसको राजधानीमा घर नभएका हरुलाइ राज्यले प्रति महिना १८ हजार रुपैया भाडा दिने नियम छ तर विभिन्न झुट्टा विवरण वुझाएर काठ्माण्डौ मै घर भएकाहरुले समेत घरभाडा लिने गरेको खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको छ ।
काठ्माण्डौमै घर भएका माननिय सांसदकरुले १८ हजार भाडा खान विभिन्न वहाना वनाएको पाइएको छ । कति पय सांसदले आफ्नो घर ससुरालीको नाममा राखेको र घरभाडा ससुरालीलाई बुझउने गरेको समेत बताएका छन् भने कतिपयले वैंकको लोनमा घर वनाएकोले किस्ता तिर्न घरभाडा लिने गरेको समेत बताएका छन्। ३० जना संघिय सांसदले काठ्माण्डौमा घर भएर पनि घरभाडा बुझ्ने गरेका छन् । ति मध्य नेकपा.का. १३ जना, नेपाली कांग्रेसका १२ जना राजपाका ३ जना फोरमका १ र स्वतन्त्र सांसद १ जनाले संसद सचिवालयबाट घर भाडा बुझ्दै आएका छन् ।
खुमलटार खरिको वोटमा नेपालकै ठूलो मध्यको वोर्डिङ लिटिल एञ्जेल्स वोर्डिङका सञ्चालक अरव पति उमेश श्रेष्ठले समेत घर भाडा लिएको पाइएको छ । यस्तै काठ्माण्डौ वासी नेपाली कांग्रेसका सांसद भिमसेनदाइ प्रधानले समेत घर भाडाको सुविधा लिएका छन् नेकपाका सांसद उद्योपति कुमुद दुगडले समेत घरभाडा लिएका छन् । ललितपुरमा घर भएकी पम्फा भुषाल, रामकुमारी झांकी चित्रलेखा यादव, विरोध खतिवडा, योगेश भट्टराई लगायत ३० जना संघिय सांसदले घरभाडा सुविधा लिएका छन् जसको घर राजधानी काठ्माण्डौमा रहेको बताइएको छ ।
त्यति मात्र हैन दुई मन्त्री पत्नी सांसद जो मन्त्री शक्ति वहादुर वस्नेतकी श्रीमती माननीय सांसद सत्या पहाडी र उर्जा मन्त्री वर्षमान पुनको श्रीमती माननीय सांसद तथा पूर्व सभामुख ओनसरी घर्ती जो आफ्ना श्रीमान संगै मन्त्री निवासमा वस्दै आएकी छिन् उनले समेत दोहोरो सुविधा राज्यकोषवाट लिइरहेदा पनि घर भाडा सुुविधा वापतको मासिक १८ हजारमा रयाल चुहाउने प्रवृति कहिले सम्म रहने ?
सांसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सांसदहरुले दिएको विवरणको आधामा घरभाडा खर्च प्रदान गरिएको वताउछन् तर सांसदले दिएको विवरणको सत्यता पहिचान तर्फ सोचिएको छैन पाण्डेले स्वीकार गरे । देशको विधि निर्माण गर्ने विधाताहरु नै व्यक्तिगत लाभका लागि झुट्टा विवरण वुझाएर राज्यकोषको दोहन गर्छन भने कसरी न्यूनिकरण हुन्छ भ्रष्टचार ?
देश र जनताको भलो गर्न चुनिएर गएका विधाताहरु जनताकै रगत, पसिना र आसुवाट सिचित कर राजस्व माथी होली खेल्नेहरुबाट के अपेक्षा गर्ने ? भ्रष्टचार निवारण ऐन २०५९ वमोजिम झुट्टा विवरण पेश गरि राज्यको सुविधा लिने कार्यलाई भ्रष्टचार मानिएको छ । छानविन मै दोष प्रमाणित भएमा १वर्ष सम्म कैद सजाय र विगो र सो वरावर जरिवाना हुने व्यवस्था छ –तर कसले वाध्ने विरालको घांटीमा घण्टी ?
सुशासनका लागि विभिन्न उर्दी फर्मान गर्ने हाम्रा प्रधानमन्त्री के.पी शर्मा ओलीले ५ सयका तौली हाकिमका कुर्सीबाट हटाउने र ““म भ्रष्टचार गर्दिन, भ्रष्टचार हुन दिन्न, म देश र जनता का लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु भन्ने वाक्य टास्न लगाएर मात्र सुसाशन हुन्छ ? म भ्रष्टचार हुन दिन्न भन्ने वाक्यलाई सिंहदरवार वाटै कार्यान्वयनमा ल्याउने हिम्मत गर्नुभयो भने मात्र उक्ति घोषणाले सार्थकता दिन सकिदैन त्यस्तै हुने छ भन्ने वुझ्नु जरुरी छ । महिनाका ५ लाख ४० हजार वचत हुनुु ठूलो कुरा होइन तर विधिको साशन मूख्य उपलब्धी हुन सक्छ ।
मुुहान सफा नभई धारामा सफा पानी आउँदैन त्यस्तै सिंहदरवार र वालुवाटार सफा, स्वच्छ नभई देशका कुुनै पनि इकाई स्वच्छ, स्वास्थ्य र सफा हुन सक्दैन । अतःवोलीले हैन व्यहारले मात्र सुशासन दिन सकिन्छ । विधाताहरु उपर सत्य तथ्य छानविन गरि गैह्रकानुनी रुपले हजम गरेको राज्यको ढुुकुटी जनताको रगत पसिना र आँसु राज्यकोषमै फिर्ता गरिनु पर्छ ।