२०८१ माघ १८
०६१४४५०००, ९८५६०३३३९१

अमरसिंहको सटर खाली गराउन ३५ दिने अल्टिमेटम

अमरसिंह माबिको जग्गा खाली गराउन ३५ दिने अल्टिमेटम लामो समयको रस्साकस्सी पछि अमरसिंह माविको दक्षिण तर्फ राजमार्ग छेउमा रहेको पुराना सटर हटाउन ३५ दिने अल्टिमेटम सहितको सुचना जारी भएको छ । पोखराको प्रबेशद्वारको रुपमा रहेको अमरसिंहचोकको सुन्दरताको बिकाश गरि नयाँ संरचना निर्माण गर्ने व्यवस्थापन समितिको निर्णयपछि व्यापारीलाई उक्त सटरहरु खाली गर्न ३५ दिने सूचना जारी गरिएको हो ।

राजमार्ग र हस्पिटल मार्ग दुई तर्फ गरि ५० वटा सटर विद्यालयको चौर पृथ्वी राजमार्गसँग जोडिएको छ । हाल राजमार्ग विस्तार र स्तरोन्नतीको काम भइरहेकाले उक्त सटर भत्काउन लागिएको सुचनामा उल्लेख गरिएको छ । राजमार्ग बिस्तारको कारण टहरा फाल्न बाध्य भएको विद्यालय व्यवस्थापन समितिले बताएको छ ।

४० बर्ष देखि अमरसिंह माबिको जग्गामा सटर टहरा बनाइ ब्यापार केन्द्र बनाइएको थियो । यसअघि पनि पटकपटक सटर हटाउने प्रयास गरिएको थियो तर राजनीतिक दवाब र प्रभावका कारण सफलता हात पर्न सकेको थिएन । झन्डै ५५ वटा सटर बाट मासिक जम्मा २ लाख ३९ हजार रुपैयाँ मात्र बिध्यालयलाई भाडा बुझाउदै आएका थिए । यो बिषयमा सराङ्कोटले पटक पटक समाचार प्रकाशन गरि सटर टहरा भत्काइ नयाँ निर्माण गर्न खबरदारी गरेको थियो

अमरसिंह माबिको बि ब्य समितिले माघ ३ गतेको बैठक मार्फत निर्णय गराई सटर खाली गर्न माघ ११ गते व्यवसायीहरुलाई ३५ दिने सूचना जारी गरेको थियो । जारी सूचनामा सटर हटाए नयाँ व्यापारिक संरचना बनाउने समितिको योजना छ । सूचनामा व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइराला र प्रधानाध्यापक शेरबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

व्यवस्थापन समिति अध्यक्ष कोइरालाले व्यवसायी, स्थानीयवासी, वडा कार्यालय, पोखरा महानगरका प्रतिनिधि बीच छलफल गरेपछि सटर खाली गर्न सूचना जारी गरिएको बिध्यालयले दाबी गरेको छ ।

व्यवस्थापन समितिले एकतर्फी निर्णय गरेर सटर खाली गर्न लगाएको व्यवसायीको आरोपबारे अध्यक्ष कोइरालाले व्यवसायीलाई थाहा भएको बताए । ‘हामीले पटकपटक भनेका छौं, उहाँहरुको उद्देश्य जसरी पनि त्यही बसिरहने हो’ कोइरालाले भने ‘त्यसरी कतिञ्जेल हुन्छ र, सम्बन्धित सबैको समर्थनमा सटर टहरा हटाउन सूचना जारी गरिएको हो ।’

व्यवसायीहरुको सम्झौता सकिइसकेको पनि कोइरालाले बताएका छन् । सडक विस्तारका क्रममा एकैपटक विद्यालयलाई पनि सजिलो होस् भनेर निर्णय गरेको उनले बताए । सटर हटाउने भनेर केही वर्ष यता भाडादरमा वृद्धि नगरिएको उनको भनाई छ ।

 

०३० सालदेखि व्यवसाय गर्दै आएका व्यावसायिहरुले सटर छाडेर नजाने व्यवसायीहरुको बताएका छन , बिज्ञप्तिनै निकालेर सटर टहरा नहट्ने बताएकाछन । व्यवसायीहरुले कुनै डिपिआरL वा निर्माण योजना नभएको उनीहरुको भनाई छ । माघ ३ गते निर्णय गरेर ११ गते सूचना टाँसिएको भन्दै घिमिरेले व्यवस्थापन समितिले व्यवसायीसँग समन्वय नगरिएको बताए ।

। सटर खाली गराएर त्यहाँ के निर्माण गर्ने होे त्यसको जानकारी व्यापारीले पाउनुपर्ने ब्यापारीहरुले जिकिर गरे पनि बिध्यालय र १२ नम्बर वडा कार्यालयले खाली गरेको जग्गामा डिपिआर तयारी गरिरहेको बताएका छन । तर ब्यापारीहरु विभिन्न अधिकार खोजेर सटर टहरा खाली नगर्ने तानाबाना बुनिरहेका छन यसलाई किमार्थ राम्रो कदम मान्न सकिन्न ।

 

यता, विद्यालय प्रशासनले भने व्यापारिक भवन निर्माणपछि पहिलेकै व्यापारीलाई प्राथमिकता दिने बताएको छ । व्यापारीसँग कुनै सम्झौता नभएको भन्दै विद्यालयले भन्दा व्यापारीले लाभ लिइरहेकाले उनीहरुले अटेर गर्नु स्वभाविक भएको जनाएको छ ।

सूचनापछि व्यापारीहरु आन्दोलनमा जाने तयारी गरिरहँदा व्यवस्थापन समिति भने अटेर गरे कानूनी कारवाहीमा उत्रिने बताइरहेको छ । समिति अध्यक्ष कोइराला भन्छन् ‘यो अन्तिम सूचना हो, महानगर र प्रहरीमार्फत भएपनि खाली गर्छाै ।’ केही ब्यापारी बाहेक स्थानिय र नागरिक समाजले समेत सटर टहरा हटाउन पर्ने बताउदै आएका छन ।

 

प्रतिक्रिया दिनुहोस्