जिल्ला प्रशासन कार्यालय कास्किबाट आ ब २०८०/०८१ मा १९ हजार १५६ वटा नयाँ नागरिकता जारी भएको तथ्यांकले देखाएको छ । सोही अबधिमा कास्किबाट २१ हजार ५ सय ३३वटा पासपोर्ट बितरण गरिएको छ । नागरिकता भन्दा पासपोर्ट लिनेको सङ्ख्या झन्डै १ हजार ५ सयले बढी देखिन्छ यसले नेपालको बैदेशिक प्रेमलाइ झल्काएको छ । रहरले भएपनी बाध्यताले भएपनी बिदेशिनेको शङ्ख्या बढी देखिनु चिन्ताको बिषय बनेको छ । यो बर्ष कास्की बाट जारी भएको नागरिकता भन्दा कास्किबाट पासपोर्ट लिनेको सङ्ख्या बड्नुले नेपालको जन्मदर भन्दा बिदेशीने सङ्ख्याको अनुपात बढेको बुझ्न सकिन्छ ।
जिल्ला प्रशासन कार्यालय कास्किबाट गत आबमा नयाँ नागरिकता १९१५६ , प्रतिलिपी नागरिकता १०६९५, बिबाहिक अङ्गिकृत नेपाली नागरिकता १४ ,बाबुको जन्मको आधारमा नेपाली नागरिकता ९ ,आमाको नामबाट २० ,एन आर एन नेपाली नागरिकता १९६ वटा जारी भएको जिल्ला प्रशासन कार्यालय कास्किले जनाएको छ ।गत बर्ष ७५ जनाले नेपाली नागरिकता त्याग गरेका छन भने ९ जनाको प्रमाणपत्र रद्द गरिएको उल्लेख छ ।

०६१४४५०००, ९८५६०३३३९१
कास्किमा नागरिकता १९ हजार, पासपोर्ट २१ हजार ५सय
अनुगमन र कारबाहि
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्