२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

यातायात कार्यालय डुम्रेले उठायो साढे १७ करोड राजस्व

पारिजात खराल

यातायात ब्यबस्था कार्यालय डुम्रे तनहुँले चालू आबको बैशाख मसान्त सम्म १७ करोड ४२ लाख १९ हजार ६२७ रुपैयाँ राजस्व सकलन गरेको छ । यातायात कार्यालय तनहुले उपलब्ध गराएको सुचना अनुसार बितेको १० महिनामा विभिन्न शिर्षकमा उक्त राजस्व उठेको हो ।
सवारी चालक अनुमतिपत्रबाट आम्दानी ४५ लाख ९१ हजार ४ सय ,सवारी दर्ता बापत ३ करोड ६ हजार ६५० रुपैयाँ , सवारी साधन कर बाट १३ करोड ९६ लाख २१ हजार ५७७ रुपैयाँ गरि कुल १७ करोड ४२ लाख १९ हजार ६६७ रुपैयाँ राजस्व आम्दानी गर्न सफल भएको छ । यातायात कार्यालय तनहुँ डुम्रेका निमित्त कार्यालय प्रमुख कमला द्वारेका अनुसार चालू आबको १० महिनाको अबधिमा विभिन्न बर्गका ५४ सय सवारी चालक अनुमतिपत्र बितरण , दुई पाङ्ग्रे र ४ पाङ्ग्रे गरि ३१० वटा सवारी दर्ता गरिएको छ ।
१५ जना कर्मचारीको स्वीकृत दरबन्दी रहेको उक्त कार्यालयमा हाल ६ जना मात्र स्थायी कर्मचारी कार्यरत छ्न । ४ जना करारका र अन्य सेवाबाट २ जना कर्मचारी गरि १२ जनाको भरमा कार्यालय सन्चालन हुँदै आएको प्राप्त सुचनामा जनाइएको छ । बिगत केही महिना देखि ट्राएल सेन्टरको जग्गा बिबादका कारण लाइसेन्स परीक्षा सम्बन्धि कार्य रोकिएको छ । पोखरा मुगलिन राजमार्ग सङ्गै जोडिएको कार्यालय भएपनी तुलनात्मक रुपमा कामको चाप कमै रहेको प्रत्यक्षदर्सि सेवाग्राहीले बताएका छन ।गण्डकी प्रदेश सरकार अन्तरगत रहेको उक्त कार्यालय सन्चालनका लागि १ करोड ६१ लाख ४७ हजार रुपैयाँ बजेट पठाएको छ । बजेट खर्चको पारदर्शिता , प्रगती र उपलब्धिको बारेमा भने समीक्षा हुन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्