
पोखराबाट काठमाडौ उड्न ठिक्क परेको बुद्द एअरको U4 652 उडान अचानक रद्द भएको छ । यात्रु भरिसकेको उक्त जहाज दायाँ तर्फको इमर्जेन्सी गेट अगाडि रहेको १ नबर सिटमा बसेका यात्रु भिम परियारले इमर्जेन्सी ढोका चलाइदिदा उक्त ढोका आधा भाग खुल्न गइ अगाडि आएको छ । ढोका खुली जहाजको भित्री भागमा आएपछी उडान रद्द गरि यात्रुलाइ झारिएको छ । केही समयपछि अर्को जहाज मगाइ यात्रुलाइ काठमाडौ पठाइएको छ ।
बिमानमा रहेका यात्रु भिम परियारले आफ्नो गोडाको भागले ढोकामा टच मात्र गरेको बताएका छन । कतिपय यात्रुले बिमानको ढोका यति कमजोर रहन नहुने भन्दै आलोचना गरेका छन । बिमानका कर्मचारी भन्छन ढोका खोल्ने ब्यक्तिले बल प्रयोग नगरी खुल्नै सक्दैन । खुलेको ढोका मर्मत गर्न जाहाज ग्राउन्डेड भएको हो ।इन्जिनियरको टोलिले यस बिषयमा जाँच बुझ गरि मर्मत गर्ने बताइएको छ । इमर्जेन्सी ढोका खोल्ने यात्रु भिम परियारलाइ प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस घटनामा यात्रुको मात्र कमजोरी थियो कि जाजाजको पुर्ब चेकजाँच नभएको भन्ने बारेमा एयर लाइन्सका कर्मचारीले बताउन चाहेनन । जहाज नउड्दै ढोकाभित्र पट्टि उछिट्टिएका कारण कुनै अप्रिय घटना हुन बाट जोगिएको थियो ।


प्रतिक्रिया दिनुहोस्