२०८१ फाल्गुन १२
०६१४४५०००, ९८५६०३३३९१

विद्युतीय गाडी सफल होला ?

पोखरा
पछिल्लो वर्षमा नेपालमा विद्युतीय गाडीको आयात अपेक्षाकृत रुपमा वढेको पाइन्छ । नेपाल जलविद्युतको लागि सम्वृद्ध भन्दै गइरहेको अवस्थामा विजुली गाडी सञ्चालन गर्नु देश र जनता दुवैको लागि हितकर विषय हो । विद्युतीय गाडी वातावरण मैत्री सवारी हो । अरवौं रुपैया बाहिरिइरहेको इन्धन आयातलाई प्रतिस्थापन गर्न मदत पु¥याउने निश्चित छ।
विजुली बाट चल्ने गाडी नेपालका अधिकांश अटो व्यवसायीहरुले झिकाएका छन् । स्कुटर, मोटर साइकल देखि कार बस सम्मका सवारी साधन नेपाल भित्रयइएका छन् । यसरी भित्रीएका गाडीहरु मध्य कार प्रकृतिका गाडीहरुको संख्या उच्च रहेको कुरा काठमाण्डौंमा भर्खरै सम्पन्न भएको नाडा अटो मेलाका आयोजकले दावी गरेका छन् ।
स्थायित्वको विषयमा शंका
सवारीमा सवैभन्दा वढी खर्च आउने इन्धन र मर्मतमा नै हो । यि दुई कुरा विजुली गाडीमा रहन्न प्रति किलो मिटर एक रुपैया विद्युत चार्ज खर्च आउने आधारमा विजुली गाडी नेपालको लागि धेरै उपलब्धीपूर्ण हुन सक्छ र त्यो समयको माग हो देशको आवश्कता पनि हो । मुख्य कुरा स्थायित्वको रहेको छ ।
परीक्षणकाल अवधिमा रहेका कारण विद्युतीय सवारीका पर्फमेन्स कस्तो रहने भन्नेमा सवारी प्रयोगकर्ताहरुको मन धर्मराईरहेको छ । खास गरी विद्युतीय गाडीको मुख्य इन्जिन भने व्याट्री हो । व्याट्रीको आयु कम्पनीले दावी गरे अनुसार हुन्छ नै भन्ने आधार स्पष्ट छैन । ईन्धनबाट चल्ने सवारीमा प्रति लिटर २० किलो गुड्छ भनेको सवारी १५ किलो मिटर पनि गुड्न सक्दैन यस्तो झुट्टा दावीबाट तर्सिएका सवारी प्रयोगकताहरु विद्युतीय सवारीमा फुल चार्ज व्याट्रिले यति किलो मिटर गुड्छ भन्ने दावी पुग्न नसक्ने निश्चित अवस्था रहेको छ ।
भारतमा निर्मित सिट्रोन कार गोल्छा गु्रपले नेपाल भित्र्याएको छ । एस.एस.एल मोटर्स नयाँ बजारले गण्डकी प्रदेशको डिलर लिएको छ । सिट्रोन कारको फुल चार्ज व्याट्री क्षमता ३२० कि.मी दावी गरे पनि त्यसले २८० कि.मी सम्म गुड्न निश्चित रहेको सोरुम सञ्चालक शिव बरालले बताए । ग्राउण्ड ल्कियरिङ १८० रहेको सिट्रोन कार फुल अप्सनमा रहेको छ । बाहिरी लुक्स र इन्टेरियर पनि राम्रो देखिएको तर विजुली गाडीको लामो प्रयोग नेपालमा नरहेकोले ग्राहक ढुक्न भएर विजुली गाडी तर्फ जान सकेका छैनन् ।
यस्तै विश्वकर्मा मोर्टस पोखराले चिनमा निर्मित ल्भ्त्(ख् भ्ख् पोखरामा भित्र्याएको छ । विक्रेताले फुल चार्जमा ४२० कि.मी. गुड्ने बताएको छ तर पनि विक्रेता स्वयम भन्छन् ३८० कि मी पक्का गुड्छ । ४० कि मि.क्षमता बोलीबाटै घटेको छ भने गुड्ने बेलामा कति घट्ने हो त्यो अनिश्चित छ ।
नेपालको सडक राजमार्ग पनि अफरोड जस्तै छ । विद्युतीय गाडीको अर्को समस्या गाडीको उचाई हो । १५०,१६०,१७० सम्म ग्राउण्ड किल्यरिङ भएका सवारीहरु रोडका कारण अनुकुल मान्न सकिदैन ।
नेपालको लागि अवको भविष्य विजुली गाडी हो यसमा दुई मत छैन । तर व्याट्रीबाट मात्र चल्ने इन्जिन हुँदा पनि गाडीको मुल्यलाई महंगो मानिन्छ। भन्सार राजस्वका आशा सरकारले गर्न छोड्नु पर्छ। वातावरण र इन्धन जोगाउनु नै ठूलो उपलब्धी हो त्यस तर्फ केन्द्रीत हुनु जरुरी छ ।
विजुली गाडी प्रति जनताले पुरापुर विस्वास गर्न ७÷८ वर्ष लाग्न सक्छ । प्रयोग कर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेको छ । यस विचमा विजुली गाडीका टिका टिप्पणी हुन कि यथार्थ हो त्यस बारेमा स्पष्ट हुन जरुरी छ । उत्पादक कम्पनीले पनि झुट बोलेर ग्राहकलाई धोका दिन हुन्न जे अवस्था छ त्यही त्यही बताएर गाडीको बजारीकरण गर्नु सवैको हितमा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्