
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा मेडिकल कलेजहरुलाई विपन्न असाहाय र बेवासिसे बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको छ।
मन्त्रालयले बुधबार सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पुनः ताकेताको परिपत्र गर्दै स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको हो।
स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ मा विपन्न असहाय र बेवारिसे बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई निशुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्ने, बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने लगायतका व्यवस्था छ।
यस्तै अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको गुनासो समेत आएपछि मन्त्रालयले बैशाख १३ गते सबै अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई मापदण्ड पालना गर्न पत्राचार गरिएको थियो।
मन्त्रालयको पत्राचार पछि पनि सोही प्रकारका गुनासो आइरहेकाले स्वास्थ्य मन्त्रालयले बुधबार फेरी सबैलाई परिपत्र गर्दै मापदण्ड पालना गर्न भनेको हो।
यस्तो छ मन्त्रालयको ताकेता
स्रोतःस्वास्थ्य खबर
प्रतिक्रिया दिनुहोस्