
पोखरा
पोखराका गनेमानेका सुन व्यापारी दशरथ सुनार पुष २५ गते १२ लाख नगद धरौटी राखेर हिरासतमुक्त भएका छन् । चोरीको सुन खरिद विकी्र गरेको आरोपमा रुपाकोट ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई कास्की प्रहरीले पुष १४ गते पक्राउ गरेको थियो ।
घटना विवरण अनुुुुसार पर्वत जिल्ला मोदी गाउँपालिका–६ घर भई गणेश टोल पोखरा बस्ने टिका श्रेष्ठले विभिन्न ठाँउहरुमा पुगि चोरी डकैती गरिएको ३० तोला भन्दा बढी सुन रुपाकोट ज्योती सुनचाँदी पसल महेन्द्रपुलमा ल्याई विक्री गर्ने गरेको खुल्न आएको छ। ५५ वर्ष देखिमाथी ९० वर्षसम्म उमेर पुगेका आमाहरुले लगाइराखेको सुनका गहना विभिन्न ‘स्टन्ट’ गरि चोरी, डकैती गर्ने र ति सुनका गहनाहरु रुपाकोट ज्योति सुनचाँदी पसलमा लगी विक्रि र सट्टापट्टा गर्ने गरेकि थिइन् ।
चोरीमा संलग्न टिका श्रेष्ठले विगत वर्ष देखिनै रुपाकोट ज्योती सुनचाँदी पसलमा सुन बेचबिखन गर्र्दै आएकी प्रहरी अनुसन्धनमा खुलेको छ । बिल कागज केहि नभएको सुन खरिद विक्री गर्ने कानुनतः मिल्दैन् तर टिका श्रेष्ठले चोरेर सुन ल्याउने र उक्त सुन साट्ने र केहि गहना लैजाने केहि पैसा लग्ने गर्दै नयाँ गहना बनाएर बिल समेत लिने र केहि दिन पछि रुपाकोटले बिल बनाइदिएको सुन पुन त्यहिँ विक्री गर्न जाने गरेकी थिइन् । महिनौदेखि त्यहि सैलीमा कारोबार भएरहँदा पनि दशरथ सुनारले सुुरुमा सुन ल्याइरहँदा बिल त खोजेनन् बरु बिल नभएका चोरीको सुनलाई साटेर गहना बेचे अनि अवैध र चोरीको सुनलाई विल दिएर वैध बनाई रहे ।
सुन चोरी डकैती गर्दै आएकी टिका श्रेष्ठ मंसिर २८ गते कास्की प्रहरीका फन्दामा परिन् । श्रेष्ठको नाममा १२ वटा चोरी, डकैती गरी सुन लुटेको उजुरी परेको छ । कास्की प्रहरीले गरेको अनुसन्धनका क्रममा ३० तोला भन्दा बढि सुन चोरी भएको खुलेको छ । पक्राउ परेको श्रेष्ठका वयानका आधामा १२ दिन अघि अर्थात पुष १४ गते रुपाकोट ज्योती सुनचाँदी दोकानका सञ्चालक पक्राउ परेका थिए ।
पक्राउ परेका दशरथले आफनो पसलमा चोरीको सुन खरिद विक्री भएको स्वीकार गरेको कास्की प्रह्रीले बताएको छ । “आफनो पसलमा कार्यरत कर्मचारीहरुबाट उक्त कार्य भएकोले म त्यसको जिम्मा लिन्छु” दशरथ सुनारलाई हवाला दिदैँ कास्की प्रहरी स्रोतले भन्यो । बिल नभएको सुन किन बेच गर्न हुन्न भन्ने बारेमा प्रस्ट्याउन नसक्नुु पसल सञ्चालकको कमजोरी थियो वा जानीजानी छिट्टै धनी हुन त्यस्तो कार्य गरिएको थियो भन्ने कुरा खुल्न बाकीँ नै छ ।
झन्डै ४ हप्ता लामो अनुसन्धान पश्चात प्रहरीले सरकारी वकिल कार्यालय माफत कास्की जिल्ला अदालतमा अभियोग पत्र पुष २४ गते पेश भएकोमा २५ गते सोमबार थुनछेक वहस हुँदा मुख्य अभियूूक्त टिका श्रेष्ठलाई पुर्पक्षका लागी कारागार चलान र चोरीको सुन किन्ने रुपाकोट ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई १२ लाख धरोट माग भएकोमा नगद धरौटी बुझाई सुनार सोमबारै हिरासत मुक्त भएका छन् ।
यस विषयमा प्रतिक्रिया लिन दशरथ सुनारको मोबाइल फोन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उता सुनचाँदी व्यवसायी संघ कास्कीले पुष २५ गते दशरथ हिरासत मुक्त भएकै दिन एक प्रेस विज्ञप्ती जारी गर्दै कास्की प्रहरीले सोधपुछको लागि बोलाई अन्यले गरेको जाहेरीको आधारमा कस्टडीमा राखेको र पोखरामा चोरीजन्य अपराध न्यूनिकरणका लागि चोक चोकमा सिसि क्यामेरा जडान गर्नलई उल्लेख्य भूमिका निर्वाह गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले झमेला दिएको भन्दै घोर भत्सना गरेको छ । संघका महासचिव तारा गौतम द्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको छ को–को दोषी पुष्टी हुनेहुन् त्यो भने विचाराधिन मुद्दाको किनारा लागेपछि मात्र थाहा हुनेछ ।
कास्की प्रहरीको सकृयतापछि चुरिझ्याप् !
नेपाल प्रहरी अपराध अनुसन्धानमा विश्वमै पोख्त मानिन्छ । छानविनका लागि कुनै अकुंश नलाग्ने हो भने जस्तो सुकै सफल अप्रेसन गरेर अपराधी गिरोहको टुप्पी समात्न सक्छ भन्ने पुष्टि गर्ने थुप्रै कार्यहरु सम्पन्न गर्दै आएको छ नेपाल प्रहरी।
कास्की प्रहरीले पछिल्ला दिनहरुमा उस्तै सकृयता बढाएको छ। २३ वर्ष अघि अपराध गरी फरार रहेका लाई कास्की प्रहरीले पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्न सफल भएको छ ।
पछिल्लो सफलता
२३ वर्ष पछि पक्राउ परे गिरी
पोखरा–३ नदीपुर बस्ने उमेश गिरी चितवनको भरतपुर १२ धनगढा मन्दिर आसपासबाट पक्राउ परे । २०५६ साउन २२ गते स्थानिय युवा राजेश थकालीलाई हत्या गर्ने मध्यका मुख्य व्यक्ति उमेश गिरीलाई कास्की प्रहरी अपराध अनुसन्धान शाखाको नेतृत्वमा परिचालित टोलीले २०७९ पुष २३ गते पक्राउ गरेको थियो । पुष २४ गते कास्की जिल्ला अदालत को आदेशले कारागार चलान गरेको छ ।
७१ वर्षिय तिवारी पक्राउ
पोखरा–२८ माझठाना बस्ने ७१ वर्षिय तारानाथ तिवारीलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । आफ्नै छिमेकमा बस्ने १२ वर्षिया अपांग वालिकालाई पटक पटक बलात्कार गर्दै आएका तिवारी २०७६ साउन ७ गते पक्राउ परेका थिए । उनलाई २०७७÷०६÷२७ गते कास्की जिल्ला अदालतका न्यायाधिश तेजेन्द्र प्रसाद शर्मा सापकोटाको एकल इजलाशले आरोपी तारानाथ तिवारीलाई सफाई दिएको थियो । विकला· वालिकाका परिवारले अन्याय महसुस गरी उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरे ।
कास्की जिल्ला अदालतले सफाई दिएको अभियूक्त तारानाथ तिवारीलाई उच्च अदालत पोखराको मिति २०७९ वैशाख १४ गतेको फैसलाले १९ वर्ष ३ महिना कैद १० हजार जरिवाना र २ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिने निर्णय भएको थियो । कास्की प्रहरीलाई फैसलाको जानकारी प्राप्त भए लगत्तै अपराध अनुसन्धान टोली खटियो टोलीले पुष २२ गते आफ्नै घरबाट तिवारीलाई पक्राउ गरी २४ गते कास्की जिल्ला अदालतमा उपस्थित गराई आदेश लिई कारागार चलान गरिएको छ ।
उच्च अदालतको फैसला पछि पीडितका आफन्तले न्यायको सास फेरेका छन् पीडितका आफन्त कृष्ण प्रसाद तिवारीले भने“कास्की जिल्लाको फैसला उल्ट्याइ उचित दण्ड दिने उच्च अदालत पोखरा र खोजतलास गरी पक्राउ गर्ने कास्की प्रहरी प्रति आभारी छौं । पीडित वालिका पोखराको एक वालगृहको संरक्षणमा छिन् ।
श्रृखलाबद्ध सुन चोर पक्राउ
पोखरा बजारको वृद्ध महिलाहरुको घर परिवारमा गई एक्लै भएको मौका पारी श्रृंखलावद्ध चोरी गर्ने पर्वत जिल्ला मोदी ६ बस्ने ३४ वर्षकी टिका श्रेष्ठ लाई मंसिर २८ गते कास्की प्रहरीले पक्राउ गरेको थियो। दशी प्रमाण सहित पक्राउ परेकी श्रेष्ठलाई अनुसन्धान गर्दा चोरीको सुन किन वेच गर्ने पोखराका चर्चित सुन व्यापारी दशरथ सुनार पुष १४ गते कास्की प्रहरीको फन्दामा परे। पावर एक्सर साइज गर्न सिपालु मानिएका रुपाकोट ज्योती सुनचाँदी पसलका संचालक कास्की प्रहरीको फन्दाबाट उम्कन सकेन ११ रात हिरासत बसेपछि १२ औं दिनको दिन अदालतको थुनछेक आदेश बमोजिम १२ लाख धरौटीमा छुटेका छन् भने टिका श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएकिछिन् ।
प्रतिक्रिया दिनुहोस्