२०८१ फाल्गुन १२
०६१४४५०००, ९८५६०३३३९१

टाइगर ग्रुपको अध्यक्षमा नारायण

पोखरा

टाइगर ग्रुप अफ पोखरा नेपालको अध्यक्षमा नारायणप्रसाद शर्मा चुनिएका छन् । पुस २ गते भएको दोस्रो साधारण सभाले शर्मालाई चुनेको हो ।
ग्रुपको उपाध्यक्षमा देवेन्द्र केसी, महासचिवमा प्रकास बराल, सचिवमा डिवी नेपाली, कोषाध्यक्षमा हरिबहादुर श्रेष्ठ छानिएका छन् ।
सदस्यमा राजकुमार गुरुङ, रामकृष्ण ज्ञवाली, धोजकुमार गुरुङ, अशोक श्रेष्ठ, विष्णु गुरुङ, शिव श्रेष्ठ र जुग्नु शेरचन रहेका छन् ।
सभामा २१ जनालाई साधारण सदस्यता थप गरेर ६० सदस्यीय बनाईएको छ ।
दोस्रो साधारण सभाले विधान संसोधन गरेको छ । संसोधित विधान अनुसार महासचिव र सह–कोषाध्यक्ष थप भएका छन्।
कार्यक्रममा कास्कीका प्रजिअ, गण्डकी प्रदेशका खेलकुद मन्त्री लगायत २ सय जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्