२०८१ फाल्गुन १३
०६१४४५०००, ९८५६०३३३९१

अवैध राइड शेयरिङका लागि इन ड्राइभ एप सिकाउँदै गरेकि महिला भन्छिन्–“गल्ती गरें अव गर्दिन् !”

पोखरा

पोखरामा अवैध राइड शेयरिङ धन्दा विस्तार गर्न इन ड्राइभ नामको एप्स प्रयोग गर्ने क्रम बढेको छ । निजि नम्वरका स्कुटर, बाइक, कारलाई भाडामा लगाउादै पैसा कमाउने गैह्र कानूनी धन्दा गर्ने क्रममा एप्स प्रयोग गर्न सिकाउने एक महिलालाई ट्याक्सी चालकहरुले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । पक्राउ परेकी स्याङ्जा पुतलीबजार घर बताउने गिता शाहले पोखराको चोक चोकमा पुगेर स्कुटर, मोटरसाइकल चालकहरुलाई एप्स चलाउने सिकाउँदै आएको बताइएको छ ।
हामीसँग उनले आफूले १५–२० दिन सिकाएको स्वीकार गरिन् । यो काम गलत रहेछ अव गर्दिन उनले भनिन् । यता उजुरी गरेको भन्दै इन ड्राइभ एप चलाउनेहरुले ट्याक्सी चालकहरुले जे पनि गर्न सक्ने भन्दै धम्की दिएको म्यासेजहरु सार्वजनिक भएपछि ट्याक्सी चालकहरुले असुरक्षा महसुस गरेका छन् । अवैध धन्दा गर्नेहरुले जे पनि गर्छन् एक ट्याक्सी चालकले भने । प्रहरीले वेलैमा नियन्त्रण र नियमन नगर्ने हो भने पोखरामा यो समस्याले जरो गाड्न सक्ने दावी गरिएको छ । पक्राउ परेकी महिलालाई वगर प्रहरीले एक दिन राखेर छोडेको छ ।

प्रतिक्रिया दिनुहोस्