२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

सराङकोटका दुई प्रहरी छानविनमा जिल्ला तानिए

शान्ती सुरक्षा दिन खटिएका प्रहरीहरुनै अशान्ती मच्चाउन थालेपछि सराङकोटका स्थानिय वासिन्दाले कारवाहीको माग गर्दै तालुक निकायमा जानकारी गराएपछि ति प्रहरीलाई कास्की प्रहरीले जिल्ला तानेर कारवाही अगाडि वढाएको छ ।
सराङकोट प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भवनाथ भट्टराई टिल्ल रक्सी खाएर स्थानिय व्यापारी र सर्वसाधारणको घर गाउँमा हल्ला मच्चाउँदै आतंक मच्चाएपछि स्थानियले कास्की प्रहरी लाई सूचना गरेका थिए। जेष्ठ ३ गते नै त्यहाँ कार्यरत प्र.ह. भट्टराईलाई जिल्ला तानेर कारवाही अघि वढाइएको वडा प्रहरी कार्यालय वगरका इन्सपेक्टर दुर्गा प्रसाद श्रेष्ठले वताए ।
यस्तै, प्याराग्लाइडिङ व्यवसायी र पाइलटहरु सँग अनियमित रकम असुली गर्ने रकम नदिए दुख हैरानी दिने सराङकोट प्रहरी इञ्चार्ज प्र.स.नि. गोविन्द के.सी. लाई पनि छानविनको लागि कास्की प्रहरीले जिल्ला तानेको छ । असई के.सी.ले प्याराग्लाइडिङ व्यवसायी सँग रकम माग्ने नदिए गाडी रोकेर पर्यटकहरुलाई हैरानी दिने गरेका भन्दै एक प्याराग्लाडिङ व्यवसायीले प्रहरीलाई उजुरी गरेपछि उनलई छानविनमा राखेर नयाँ इञ्चार्जलाई सराङकोट खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्