२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

मणिपालका कोरोना पीडितले अझै पाएनन् विमा रकम, सरकारी विमा नीति नै कमजोर

कोरोना पोजेटिभ भएका मणिपाल अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले कोरोना विमा वापत पाउन पर्ने रकम महिनौ वितिसक्दा पनि पाउन सकेका छैनन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको कोरोना विमा नेश्नल इन्स्युरेन्स कम्पनी लि. पोखरा शाखाले गरेको थियो । उक्त विमा कम्पनीले ४२ जना पीडित विमितको पैसा ४२ लाख रुपैयाँ मणिपाल अस्पतालको खातामा पठाइसकेको दावी गरेको छ इन्स्युरेन्स कम्पनीले विमित कर्मचारीलाई आफ्नो कार्यालयमै वोलाई डिस्चार्ज भौचर कागजमा सहि छाप लगाएपछि विमितको क्षतिपूर्ति विमा रकम भने अस्पतालको खातामा पठाइदिएको थियो । मणिपाल अस्पतालले आफ्नो अस्पतालमा कार्यरत कर्मचारीको नाममा आएको रकम पीडितलाई नदिन विभिन्न तिकडम गर्दै आएको पीडितहरुले वताएका छन् ।
मणिपालले आफ्ना कर्मचारीको कोरोना विमा गर्दा ३ सय रुपैयाँ सहयोग गरेको थियो अहिले त्यहि ३ सय रुपैयाँ वापत क्षतिपूर्तिको ५० प्रतिशत अर्थात् ५० हजार रुपैयाँ मात्र वुझ्न दवाव दिदै आएको छ । त्यहाँका विभिन्न दल अन्तरगर्तका तीन वटा युनियन र एउटा समन्वय समिति सहित मणिपाल प्रशासन सँग पटक पटक वार्ता गर्दा पनि समाधान निस्कन सकेको छैन । मणिपाल शिक्षण अस्पताल विमितको विमा दावी रकम पचाउन अनेक दाउ खेलिरहेको वुझिन आएको छ ।
आफ्नै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विरामी पर्दा महंगो चार्ज लगाएर रकम असुल्ने दाउमा रहेको छ । यस विषयमा युनियनले असहमति जनाउँदै अस्पतालका कर्मचारीको निःशुल्क उपचार हुनु पर्ने अडान लिएका छन् । यस वारेमा वुधवार युनियन र मणिपाल प्रशासन वीच वार्ता वसेर टुङ्ग्याउने अपेक्षा गरिएको छ ।
कर्मचारीको विमा दावी रकम सम्बन्धित पीडित (विमित) लाई मणिपालले नदिएको बारे पत्रकारहरुले स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु सँग प्रतिकृया लिन खोज्दा उनले गत शुक्रबार भित्र मणिपालका प्रमुख सँग वसेर टुङ्याउने वताएका थिए तर मंगलबारसम्म पनि मणिपालले विमितको रकम उपलव्ध गराएको छैन । मणिपालको निर्लज्जतापूर्ण कार्य सर्वत्र आलोचनाको विषय वनेको छ ।
यस्तै सरकारले कर्मचारीको सुरक्षाका लागि गरेको कोरोना विमा १० महिना सम्म पनि प्राप्त हुन सकेको छैन । सरकारी अस्पताल, प्रहरी प्रशासन लगायतले कोरोना पोजेटिभ वापत पाउनु पर्ने विमा रकम पाउन नसकेको गुनासो गरेका छन् । ट्राफिक प्रहरी कार्यालय कास्कीका करिव ४० जनामा कोरोना संक्रमण भएको थियो तर पनि लामो समय सम्म विमा दावी रकम पाउन सकेका छैन । यस विषयमा राष्ट्रिय विमा संस्थानको मुख्यालयको प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन । सरकारी विमा संस्थानमा विमा गरेका पीडित विमितहरु महिनौ वितिसक्दा पनि रकम नआउँदा हैरान भएर आशा मार्न थालेका छन् । सरकारको यो निर्लज्ज र अनुत्तरदायी कार्यशैली हो ।

प्रतिक्रिया दिनुहोस्