
कोभिड महामारीका कारण विद्यार्थीलाई राज्यले दिएको छुट लाई विद्यार्थी र शिक्षक दुवैले दुरुपयोग गर्ने गरेको पाइएको छ । कोभिडको कारण रोकिएको परीक्षा दिने क्रममा लचकता अपनाइयो, परीक्षाको जिम्मा सम्बन्धित विद्यालयलाई नै दिइयो । परीक्षा हलमै मोवाइलले टिकटक भिडियो खिचेर पोष्ट गरेको घटना सेलाउन नपाउँदै पोखराको एक नाम चलेको विद्यालयमा अर्को अनियमितताको काण्ड वाहिरिएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर १ को राष्ट्रिय मा.वि. का प्रधानाध्यापक सूर्य तिवारी स्वयम्ले आफ्नो एक विद्यार्थीको परीक्षा वदर गरी पाउँ भन्ने व्यहोराको उजुरी राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखरामा हालेपछि उक्त प्रकरणले थुप्रै प्रश्न उव्जाएको छ । परीक्षा सकिएको डेढ महिना पछि यो प्रकरण सतहमा आएको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्ष समेत रहेका व्यक्ति अर्थात् प्रधानाध्यापक स्वय वोर्डमा हालेको उजुरीमा उनको विद्यालयमा अध्ययनरत एक विद्यार्थीको कक्षा ११ को पुरक परीक्षा अंग्रेजी र पेडागोजी विषयको परीक्षार्थीले अनियमितता गरेको आशय दर्साउदै ति विद्यार्थीको परीक्षा नै वदर गर्न उजुरी गरेपछि परीक्षा वोर्ड प्रदेश कार्यालय पोखराले आवश्यक छानविन तथा कारवाहीका लागि केन्द्रमा पठाएको जनाएको छ ।
सराङकोटलाई प्राप्त गोप्य सूचनाका अनुसार ति परीक्षार्थीलाई प्रा.वि. तहका एक शिक्षकले लेखनाथ स्थित खोलाको छेउमा रहेको एक होटलमा लगेर परीक्षा लिएका थिए । परीक्षा लिने शिक्षक स्वयम् गार्ड, सुपरिटेण्ड आफै वनेर गएका थिए । केन्द्राध्यक्ष (प्र.अ.) सुर्य तिवारीले हस्ताक्षर गरेको उत्तर पुस्तिका र पुरानै प्रश्न पत्र आफैले लिइ गएका थिए । उक्त परीक्षार्थीको उत्तर पुस्तिका परीक्षण तथा मूल्यांकन पनि परीक्षा लिन खोला छेउ सम्म गएका शिक्षकले नै गरेर राम्रो अंक पोष्टिङ गरिएको व्यहोरा समेत जानकारी हुन आएको छ सो को आधिकारिक पुष्टि हुन भने वाँकी छ ।
यति घटना भइसकेको छ। यसमा को को पात्र को के भूमिका छ त्यो वुझ्न कठिन छैन तर परीक्षाका केन्द्राध्यक्षले परीक्षार्थीलाई मात्र मोहोरा बनाउने नियतले परीक्षा वदरको माग गरेका छन् तर घटना मुख्य पक्षलाई नजर अन्दाज गर्न खोजिएको छ । पोखराको विद्यार्थीलाई लेखनाथ को त्यो कुनाको होटलसम्म लैजाने खलपात्र (शिक्षक) को वारेमा कारवाही गर्न केन्द्राध्यक्ष मौन छन् किन ? आफैले दस्तखत गरेको उत्तरपुस्तिका र गोप्य प्रश्नपत्र कसरी ति प्रा.वि. शिक्षकको हातमा पुग्यो? अनियमितता गर्ने मुख्य पात्रलाई पहिला कारवाही गर्न छोडेर निमुखा र मजवुर विद्यार्थीलाई मात्र किन दण्डित गर्न खोजियो ?
परीक्षा काण्डमा अरु के के अनियमित कार्य गरिए त्यसको यथार्थ विवरण किन लुकाइदैछ । विद्यार्थीलाई नैतिक शिक्षा पढाउने शिक्षक स्वयम् अनैतिक कार्यमा मुछिएका हुन् भने त्यसको परिणाम भोग्न भोगाउन तयार हुनु पर्छ ।
विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको समस्या समाधान गर्ने जिम्मा हुँदा हुदै पनि राष्ट्रिय मा.वि. पोखराका प्रधानाध्यापक तथा वि.व्यस.का सदस्य सचिव सूर्य तिवारीले आफ्नै वि.व्य.स.लाई पत्याएका छैनन् । वैठक वसेर आवश्यक छानविन र कारवाहीको निर्णय वा सिफारिस गर्नु पर्ने संस्थाका सदस्य सचिव प्र.अ. स्वयम् वैठकमा आफू पनि नवस्ने माइनुट पनि नदिएपछि विव्यस भित्रै विवाद सिर्जना भएको छ ।
प्रतिक्रिया दिनुहोस्