हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत बामदेव सुवेदी कास्की कारागार चलान भएका छन्।
२०७७ भाद्र २३ गते दुई महिनालाई फरक–फरक समयमा जवर्जस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा कास्की प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको थियो।
कास्की जिल्ला अदालतको असोज २० गतेको आदेश अनुसार आरोपी बामदेव सुवेदीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भएको अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले बताएका हुन्। पोखरा–७ शान्तिनगर चोक निवासी बामदेव सुवेदीले आफ्नै अस्पतालमा काम गर्ने एक महिलालाई विगत ४ वर्षदेखि दवाव र प्रभावमा पारेर यौन शोषण गर्दै आएको र अर्को एक महिलालाई तनहूँमा जागिर लगाइदिने भन्दै उनकै कोठामा गई यौन क्रियाकलाप गरेको, नियुक्ती पत्र लिन बोलाएर कार्यकक्षमै बलत्कारको प्रयास गरेको भन्दै कानुन बमोजिम कारवाहीको माग गर्दै किटानी जाहेरी परेको थियो।
सुवेदीको बयान ६ नम्बर ईजलासमा भएको थियो भने वकिलसँग नाता परेपछि गोलाप्रथाबाट बेञ्च परिवर्तन हुँदा २ नम्बरमा सुनुवाई भएको थियो।

०६१४४५०००, ९८५६०३३३९१
आँखा अस्पतालका लेखा अधिकृत सुवेदी जेल चलान
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्