
हरेक नेपालीको ह्रदयमा राष्ट्रियताको छाप छ । राष्ट्र र राष्ट्रियताका लागि रगत वगाउन परे पनि पछि नपर्ने नेपालीहरु जन्मिसिद्ध छन् चाहे त्यो स्वदेशमै गिट्टी उठाएर खाने नेपाली होस् चाहे परदेशमा भाडा माझेर खाने नेपाली नै किन न होस् उसलाई पनि आफ्नो राष्ट्र र राष्ट्रियता प्रति मोह छ । राष्ट्रका लागि र मुक्तिका लागि नेपालीहरुले धेरै वलिदानी दिए सहादत प्राप्त गरे विर भद्र भिसेन थापा पृथ्वी नारायण शाह लखन थापा लगायत हजारौं नेपालीले देसका लागि केहि न केहि गरेर छाडेका कुरा हरु इतिहासका पानामा उल्लेख छन् ।
तर नेपालीहरु हिजो राष्ट्र र राष्ट्रियता प्रति जति समर्पित थिए त्यति अहिले समर्पित हुन चाहेर पनि हुन न त सकेका छन् न त हुन पाएका छन् न त राज्यमा त्यस्तो वातावरण नै वन्न सकेको छ । यस्तो हुनुमा नेपाली जनता होइन यो देशमा पटक पटक फेरिदै गएको व्यवस्था र फेरिदै गएका शासकहरु नै दोषि छन् ।
कारण नेपालको सिंहदरवारमा त्यस्तो कुन चुम्वक राखिएको छ भन्ने कुरा नेपाली जनताले वुझ्न पाउने ता कुरै भएन यो देशका शासक हरुले समेत वुझेका रहेनछन् भन्ने कुरा त २००७ साल देखि आज २०७७ सम्म आइ पुग्दा कसैले पनि थाहा नपाएको छ । यतिवेला सायद वर्तमान प्रधानमन्त्री केपी वली ज्यूले थाहा पाउनु भएछ कि भन्ने संकेत देखिएको छ ।
नेपालकै इतिहासलाई र विभिन्न राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने यहाँ आजसम्म कुनै नेता भारतीय प्रभावबाट अछुतो रहेको देखिएन । जवसम्म सत्तावाहिर रहन्छन् वा जुनसुकै सघर्ष आन्दोलन युद्ध हुन्छन् त्यतिवेला सवै भन्दा प्रमुख मुद्दा भनेकै १९५० को असमान सन्धी हुन्छ । भारतले देसको विभिन्न भागमा सिमा क्षेत्र अतिक्रमण गरेको देख्छन् र यिनै मुद्दामा देस र जनताका आन्तरिक मुद्दालाई मिसाएर सत्तामा पुग्छन् जव सत्तामा पुग्छन् तव सवै कुरा विर्सन्छन् यो क्रम आजका दिनसम्म पनि चलि नै रहेछ । यति वेला पनि स्वयं प्रधानमन्त्री ओली जिले समेत नेपालको सिमा मिचेरै भारतले सडक निर्माण गरी सकेर पनि उद्घाटन गरे पछि वल्ल थाहा पाए मलाई ता थाहै थिएन अझै उदेक लाग्दो कुरा त के छ भने स्वयं उप प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोेख्रेल समेत केहि महिना पहिला त्यहाँ पुगेर आउँदा समेत न त उनले त्यस तर्फ ध्यान दिन भ्याए न त प्रधानमन्त्री ज्यू लाइ कै जानकारी गराउनु पर्छ भन्ने कुरा ठाने भने पछि हाम्रो देस कति सुरक्षित रहेछ हाम्रो भुमि माथि हाम्रा सुरक्षासँग सम्वन्धित मन्त्रीहरुले कति सम्म आँखा पु¥याएका रहेछन् यस वाटै प्रष्ट हुन्छ एउटा सामान्य नागरिक पनि सिमा क्षेत्रमा गै हाल्यो भने पनि आफ्नो भुमि कहाँ सम्म पर्छ त्यहाँको अवस्था कस्तो छ भन्ने वारे जानकारी राख्छ भने हाम्रो देसका रक्षा मन्त्रीले समेत यसवारे जानकारी राख्ने र प्रधानमन्त्री लाई अवगत गराउन पर्छ भन्ने कुराको ज्ञान राख्दैनन् भने यो भन्दा उदेक लाग्दो कुरा अरु के हुन सक्छ ।
फेरि २००७ साल तिर फर्केर हेर्दा र वर्तमान सम्म नियाल्दै आउँदा आजसम्म जति पटक शासक फेरिए त्यति नै पटक नेपालका नदि नाला भूमि वेचिएका भाडामा दिएका असमान सम्झौता गरेका कुरा हरु वाहेक यो विषयमा त राम्रो भएको रहेछ भन्ने कुनै पनि कुरा देखिदैन र सिमा विद् वुद्धि नारायण श्रेष्ठले प्रस्तुत गर्नु भएको विवरणलाई हेर्ने हो भने पनि आज सम्ममा भारतले लिम्पियाधुरा देखि दक्षिण हुदै पूर्व ताप्लेजुङ सम्म पुग्दा ५४ स्थानमा सिमा क्षेत्रको भूमि मिचेको देखिन्छ ।
त्यसैले भन्नै पर्ने हुन्छ विपि देखि ओलीसम्म नदि देखि खोली सम्म सवै भए भरका नेपालका प्राकृतिक सम्पदा र सम्पत्ति कुनै न कुनै वहानामा भारतलाई सुम्पिएकै देखिन्छ त कतै भारतले अतिक्रमण गर्दा पनि चुपचाप सिंहदरवारमा गुमसुम भएको मात्र देखिन्छ । यतिवेला पनि सिमा क्षेत्रको विषय यसरी उठ्ने थिएन । देसैभर सर्वत्र यहाँसम्मकी सत्तासिन पाटीकै भातृ संगठनहरु समेत भारतले लिम्पियाधुरा लिपुलेक मिचेको आफ्नै भूमिमा सडक वनाएको भन्दै कतै विरोधी पक्षले समेत वली र मोदीकै पुत्ला जलाउदै सडक जव तताउन थाले तव संसद पनि तात्यो आम नेपाली जनताको यहाँसम्मकी सामाजिक संजाल मार्फत विरोध गर्दा गर्दै मोवाइल नै तात्न थाल्यो तव स्वयं आन्तरिक कलहको भूमरिमा परेको सत्तासिन पाटीकै श्रीर्ष नेताहरु उकुसमुकुस भइरहेको वर्तमान लकडाउनको अवस्थामा आन्तरिक द्धन्द्धलाई पनि डाइभर्ड गर्न समेत हम्मे हम्मे भएको वेला यो अत्यन्तै राम्रो मौका र अवसर पनि वन्यो यसैलाई प्रधानमन्त्री वली मात्र होइन विपक्षी पाटी समेत एमसिसि पास गराउनका लागि समर्थनको जोक्कर फाल्दै एकतावद्ध भएर सरकारलाई साथ दिने घोष्णा गर्न थाल्यो जसमा विपक्षी नेता देउवाले त मुखै फोरेर एमसीसी पास गराउने अवसरको क्रममा सांकेतिक भनाई राखे । यता खान्दानी कांग्रेस कहलिएको कोइराला परिवारमै एउटा सुजाता कोइरालाले मलाई सरकारले जिम्मा दिओस् म भारतसँग वार्ता गर्न सक्छु भनेर नौलो धाक दिदै गइन् भने उता अर्की मनिषा कोइरालाले वास्तविक देसको माया गर्ने कोइराला परिवारकी एक मात्र पात्रको रुपमा आफूलाई उभ्याउन सफल भइन् ।
जसले गर्दा नेपाली जनताले स्वागत गरे भने, भारतले भने ‘इधरका खाति हे उदरका गाती हे’ भनेर आलोचना गर्न सम्म भ्याए तै पनि मनिषाले अर्को तिरवाणी भारतलाई प्रहार गर्दै भनिन् मैले मागेर होइन परिश्रम गरेर खाएकी छु भारत सरकारलाई कर वुझाएकी छु भनिन् जसले गर्दा भारतीय मिडियाकै मुखमा वुझो नै लगाएरै छाडी दिइन्।
यता विश्वमै नभएको कहि नभएको जात्रा हाडि गाउँमा भनेझै संसद भित्रै एउटा महत्वपूर्ण राष्ट्रिय पद धारणा गरी सकेकि सरिता गिरीले भने सिंगो सरकार राष्ट्रपति लाई मात्र होइन संसदलाई नै औंला ठड्याएर भारतकै प्रतिनिधित्व गर्न भ्याइन् । तर त्यति धेरै सांसद देश भरकै जिम्मेवार पद धारण गरेकाहरु भने चुरा वजाएर कपाल कन्याएर वसे सवै तत्कालिन अवस्थाका लागि वकुल्ला सरह भएर वसे र कोही छेपार त कोही न्याउरी मुसो त कोही विरालाको यात्रा जस्तो गरी वाहिर निस्के यो घटनाले के देखाउँछ भने सवैलाई देस कानून विधि भन्दा पनि कुर्ची र सत्ता प्यारो रहेछ भन्ने प्रमाणित गरेर देखाउँछ । यतिमात्र होइन २००६ सालदेखि आजसम्म आइ पुग्दा पटक पटक यो देसका प्रधानमन्त्री भएका १९५० को असमान सन्धीको विरोध गर्दै आएका कहिले टनकपुर कालापानी सुस्ता लिपुलेक दसगजा विभिन्न कालखण्डमा विभिन्न खाले विरोध गर्दै आइरहेकाहरु यतिवेलाको सरकारमा पनि सहभागि छन् अरुको कुरा किन गरौं विगतमा केहि सन्धी सम्झौता गर्ने मध्येझै पात्र स्वय प्रधानमन्त्री केपी वली नै यति वेला सरकार प्रमुख हुनु हुन्छ । तर वहाँले अहिले पछिल्लो समयमा वोलेका वोली र चालेका कदमलाई नेपाली जनताले स्वागत गरेका मात्र छैनन् राष्ट्र राष्ट्रियता र भूमि रक्षाका लागि मर्न मार्न पड्काउन र पड्कन तयार छन् तर सरकारले आगामी दिनमा कस्तो कदम चाल्छ र भारतले कस्तो रवैया देखाउँछ त्यो भने हेर्न वाँकी नै छ ।
यति वेला नेपालमा कुनै पाटी होइन मात्र नेपाल र नेपाली भन्ने कुरालाई सवैले आत्मसात गर्नु जरुरी छ । सारा विश्वमा रहेका दाजुभाई दिदी वहिनी जसले नेपाललाई माया मान्नु हुन्छ आफ्नो जन्म भूमि नेपाल आमाको रक्षाका लागि सवै तत् तयार रहनु पर्छ । भारतले आफूलाई वढे भाई भनेर हेपी रहँदा हाम्रो भूमि चेपी रहँदा अझै पनि पहिला कुटनीतिक वार्ता वाटै जाने यदि अटेरी गरेमा छोटा भाइको रगत कति तालो छ देखाइ दिने वेला आएको छ । देसले हामीलाई धेरै दियो अव देसलाई केहि दिनु छ ।
आजसम्म राजसंस्था विपि देखि विभिन्न कालखण्डमा हाम्रा नदिनाला हामे भूमि हामीले भारतबाट फिर्ता ल्याउनु छ । र हाम्रो भूमि नदिनाला खोला वेच्नेहरुलाई छानी छानी हामीले नेपाल आमा माथि ज्यादती गर्ने हरुलाई कारवाही गर्नुपर्छ अव एउटै कुरा नविसौं छटि हैन डटि लड्ने नेपालीको वानी हुन्छ कहिल्यै नझुक्ने शिर उभिएको स्वाभिमानी नेपाली हुन्छ यो भनाईलाई सत्यमा प्रमाणित गरेर देखाउने वेला आएको छ ।
प्रतिक्रिया दिनुहोस्