
गण्डकी प्रदेशको एकमात्र कान्तिपुर डेण्टल अस्पतालले आफ्नो स्थापनाको २० औं वर्ष गाँठको तयारीमा जुटेको छ । मुख तथा दाँत उपचारको उद्देश्यले २०५६ साल माघमा स्थापित उक्त हस्पिटलले मुख तथा दाँत सम्वन्धि जनरल देखि विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत सिता श्रेष्ठले वताइन् ।
हस्पिटलले दाँत सम्वन्धि उपचारको लागि राजधानी जान नपर्ने गरी गुणस्तरीय उपचार तथा कन्सल्टेन्ट जाँच तथा उपचार सेवा दिदै आएको दावी गरेको छ । दाँतको स्केलिङ एण्ड पोलिसिङ, आर.सिटी, माइनर ओरल सर्जरी, कृतिम दाँत प्रत्यारोपण, क्राउन जडान, इम्प्लान्ट, अर्थो डेन्टिक उपचार, नयाँ तथा पुराना दाँत तथा मुख स्वास्थ्य सम्वन्धि समस्याको निदान सम्वन्धि नियमित सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेण्टल अस्पतालले दुई दबशक पुरा गरेको छ ।
कान्तिपुर इन्स्च्यिटु अफ हेल्थ साइन्स अन्तरगत संचालित डेण्टल हस्पिटलबाट प्रमाणपत्र तहको डेण्टल हाइजिन सम्वन्धि ३ वर्षे शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ । सिटिइभिटिबाट सम्वन्धन प्राप्त उक्त कार्यक्रमबाट ३ सय भन्दा वढि जनशक्ति उत्पादन भई स्वदेश तथा विदेशमा काम गर्दै आएका छन् भने कतिपयले आफ्नै क्लिनिक संचालन गरेर विदेश भासिनवाट जोगिएका छन् । २०६१ सालमा सिटिइभिटिका सम्वन्धन लिइएको कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्स अन्तरगत डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन मेडिकल ल्वाव्रोटरी र प्रमाणपत्र तहको डाइग्नोस्टिम्स रेडियोग्राफी सहित चार प्रकारका शैक्षिक कार्यक्रम संचालन गरिरहेको छ । साथै सेवाग्राहीहरुको मागलाई ध्यानमा राखेर वार्षिक उत्सव पछि माघ २४ गते वाट शनिवार पनि अस्पताल संचालनमा ल्याउने तयार भइरहेको अस्पताल प्रशासनले वताएको छ ।
प्रतिक्रिया दिनुहोस्