
नर्सिङ कलेजको नयाँ दर्ता नभएका कारण पुराना कलेजहरु किनवेचमा ठूलो चलखेल हुने गरेको छ । कलेज किन्ने र वेच्ने मात्र हैन त्यसको नियमन गर्ने निकाय सिटिइभिटि र नर्सिङ काउन्सिल पनि किनवेचमा खुसी हुने गरेका छन् ।
पोखराका पद्म नर्सिङ कलेजको खरिद विक्री प्रकरण पनि विवादका शिखरमा पुगेको छ । प्रकृया मापदण्ड पु¥याउन नसकेको कारण चलाउन नसकेर वेच्न खोज्ने पद्य नर्सिङ होम र किन्न खोज्ने रिजनल हस्पिटल लाई कानूनी प्रकृया पु¥याउन नसक्दा उस्तै उल्झन रहेको छ ।
कलेज कसले चलाउने भन्ने विषय नै विवाद को चुरो हो । पद्म नर्सिङ होमको वहुमत शेयर नरेन्द्र वास्तोला, नारायण गौतमको हातमा छ तर पनि डा. यज्ञमान शाक्य समूहको कम्पनीको हैसियतमा २० प्रतिशत मात्र शेयर छ तर उसले वल मिचेर नर्सिङ कलेज आफ्नै हस्पिटलका शेयर सदस्य समेत रहेका रिजनलका संचालक जगत खड्का समेतलाई हस्पिटल विक्री गर्ने असफल प्रयास गर्दै आएका छन् । केहि महिना अगाडि मात्र हस्पिटल वोर्डले विक्री माइनुट गरेका थिए तर उक्त माइनुट गोप्य राख्दै आएका छन् ।
पुष १९ गते शनिबारलाई पद्म नर्सिङ होमले साधारण सभा डाकेको छ । अल्पमत पक्षको वोर्डले साधारण सभा वोलाएर विक्रीको माइनुट लेखाएपनि त्यसले वैधानिकता पाउन असम्भव छ । स्वामित्व हस्तान्तरण गर्ने पक्षमा नरेन्द्र वास्तोला, नारायण गौतम समूह सहमत नभएसम्म पद्म नर्सिङ होम स्कुल अफ नर्सिङको विक्रीले कानून मान्यता पाउने सम्भावना नरहने कम्पनी कानूनका जानकारहरु वताउँछन् ।
यता नर्सिङ कलेज किन्न जोड गरिरहेको रिजनल हस्पिटल आफै अपांग छ । पूर्वाधार पुरा नभएको हस्पिटलमा विरामीको यथार्थ अकुपेन्सी दर अत्यन्त न्यून रहेको छ । नर्सिङ काउन्सिलका स्थलगत अनुगमनमा आउने समूहलाई रिझाएर ६३ प्रतिशत अकुपेन्सी लेखाइएको छ । पोखरामा डेंगुको महामारी चलेका वेला इमर्जेन्सीमा आएका विरामी समेतलाई जोडेर अकुपेन्सी वढाइएको खुल्न आएको छ । २ प्रतिशत अकुपेन्सी नपुगेको रिजनलको एकै पटक ६३ प्रतिशत अकुपेन्सी पु¥याएको विषयमा आर्थिक चलखेल भएको अख्तियारमा उजुरी परेपछि अख्तियारले नर्सिङ काउन्सिलाई छानविन गरी प्रतिवेदन दिन निर्देशन दिएको थियो । निर्देशन पछि मंसिर दोस्रो हप्ता नर्सिङ काउन्सिलले मन्दिरा वन्त, जिता वराल र सकुन्तला प्रजापतीको समूहलाई पद्म नर्सिङ कलेज विक्री प्रकरण वारे उठेका विवादको वारेमा छानविन गर्न पठाएकोमा त्यसको खास उपलव्धी के भयो भन्ने विषय रहस्यकै गर्भमा छ। कलेज किन्ने मालिकहरु काउन्सिलका वोर्ड मेम्वर र सिटिइभिटीका पदाधिकारी र उच्च अधिकारी संग सेटिङ मिलाउन मै व्यस्त देखिएका छन् ।
पद र पावरका अभ्यास गर्दा गर्दै पद्म नर्सिङका विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । पद्म नर्सिङ होम आफै अस्तित्वको संकटमा फसेको छ । कर्मचारीहरु पनि जागिर के हुने भन्ने वारेमा चिन्तित छन् ।
प्रतिक्रिया दिनुहोस्