विश्वको वाल शिक्षा मापदण्ड वमोजिम पठन पाठन हुने गरी पोखरामा कैविल्य विद्याश्रम नामक आइवी स्कूल संचालनमा ल्याइएको छ । उक्त आइवी स्कुल राजधानी वाहिरको पहिलो रहेको विद्यालय संचालकले दावी गरेका छन् ।
International Baccalaureate® (IB) पद्दतिको उक्त कैविल्य विद्याश्रम को यसै वर्ष सुरु गरिएको प्रिन्सिपल रञ्जु सिलवालले वताइन्। पोखरा १० रामघाटमा रहेको उक्त विद्याश्रममा हाल २० जना वालवालिका अध्ययनरत छन् । कैविल्य विद्याश्रम पढ्ने पढाउने भन्दा पनि सिक्ने सिकाउने स्कूलको रुपमा स्थापित गरिएको वताइएको छ ।
घोकन्ते विद्या, गृहकार्यको भारी, कितावको डङ्गुरको त्रासवाट वालवालिकालाई मुक्त गरेर खेल्दै सिक्दै, सिक्दै वुझ्दै र वुझ्दै प्रयोगात्मक गर्दै जीवन उपयोगी र प्रयोगात्मक सिकाइलाई प्रमुखता दिइने गरिएको प्रिन्सिपल रञ्जु सिलवालको अनुभव रहेको छ । कक्षा १ सम्म पुग्दा वालवालिकालाई किताव कपि र होमवर्कको भार दवावको वारेमा केहि चिन्ता नै नहुने वाल मनोविज्ञानको आधारमा पढाई सिकाई केन्द्रित उक्त विद्याश्रमले अध्यात्मिक ज्ञान पनि दिने गरेको वताएको छ ।
भुल्दै गएको संस्कृति र संस्कारलाई जोगाउने अभिप्रायले वालवालिकाहरुलाई योग, ध्यान परम्परागत संस्कृतिका धरोहरका वारेमा पनि ज्ञान दिने गरिएको विद्या श्रमले वताएको छ । पारिवारिक सम्वन्ध सामाजिक सम्वन्धमा आउने अन्तरलाई कमी गर्न र पारिवारिक सु सन्वन्धलाई गाढा राख्न सिकाई केन्द्रित गर्ने निति विद्याश्रमले लिएको छ ।
१८ महिना देखि ६ वर्ष सम्म वालवालिकाहरु विद्याश्रममा आएका छन् । साना वालवालिकाहरु विद्यालय आउन खुसी हुने र उनिहरु घर जान चाही गाह्रो मान्ने गरेको प्रिन्सिपल सिलवालले वताईन । सुरुआती चरणमा विद्याश्रमप्रति पूणर््ा आशावादी रहेको र जनताले आइवी स्कूलको वारेमा वुझेपछि चाप थेग्न मुस्किल पर्ने उनले वताइन् ।
International Baccalaureate® (IB) स्कुलले सन्सारभर आफ्नो संजाल विस्तार गरेको छ । यथार्थपरक, प्रयोगात्मक, व्यवहारिक र समय सापेक्ष सिकाइ पद्दतिका कारण छुटै पहिचान वनाएको अवस्थामा पोखरामा खुलेको कैविल्य विद्याश्रमको नतिजा हेर्न भने केहि वर्ष कुर्नै पर्ने छ ।

०६१४४५०००, ९८५६०३३३९१
काठमाण्डौं वाहिरकै पहिलो आइवी स्कुल पोखरामा
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्