२०८१ फाल्गुन १३
०६१४४५०००, ९८५६०३३३९१

प्राकृतिक मानव केन्द्रित जनअभियान नेपालको तेश्रो पूर्ण बैठक सम्पन्न

वातावरण बचांऔ जिवन बचांऔ भन्ने लक्ष्यका साथ सञ्चालन भइरहेको प्रकृति मानव केन्द्रित जन अभियान नेपाल युनिटको तेश्रो पूर्ण बैठक बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । ७७ सदस्यीय केन्द्रीय समितिले विभिन्न प्रदेशको विभिन्न जिल्लामा पूर्ण बैठक बस्दै आएको छ । सोही क्रममा तेश्रो पूर्ण बैठक ५ नम्बर प्रदेशको बाँके जिल्लाको कोहलपुरमा बसेको अभियानका महासचिव राजन के.सी.ले बताए ।
तेश्रो बैठकले विभिन्न निर्णय गरेको बताइएको छ । विभिन्न जिल्लाको संगठन विस्तार र अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेश र जिल्लाका केन्द्रिय सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । यस्तै आगामी चैत्र १४ र १५ गते सुर्खेतमा कृषि सम्मेलन गरिने भएको छ । सुर्खेतमै १३ चैत्रमा चौथो पूर्ण बैठक बस्ने निर्णय गरिएको छ । बैठकले ४ जना केन्द्रीय सदस्यमा मनोनित गरेका व्यक्तिहरुलाई अनुमोदन गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष नवराज विष्टको अध्यक्षतामा भएको बैठकको सञ्चालन महासचिव राजन के.सी. ले गरेका थिए । केन्द्रीय बैठकमा २० भन्दा केन्द्रीय सदस्यहरुले आफनो कार्य प्रगति विवरण सहित आगामी कार्य योजनाका वारेमा धारणा व्यक्त गरेका थिए । साथै आगामी पुषमा भारतको पञ्जावमा हुने अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन जाने विषयमा पनि केन्द्रीय बैठकले स्वीकृत प्रदान गरेको छ । बैठकको दोश्रो दिन अभियानका विन्दु राज सापकोटाले वेष्ट दि कमपोजरको वारेमा प्रस्तुती गरेका थिए ।

अभियानमा जिल्ला कार्यसमिति गठन

प्रकृति मानव केन्द्रीत जन अभियान नेपालको बाँके जिल्ला समिति गठन गरिएको छ । कोहलपुरमा आयोजित अभियानहरुको वृहत भेलाले सशिधर अधिकारीको अध्यक्षतामा ५ सदस्य पछि थप हुने गरि ४५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । विर बहादुर हमालले सञ्चालन गरेका भेलामा कृषि विद समेत रहेका अग्रज व्यक्तित्व विन्दुराज सापकोटाले कृषिमा अर्गानिक खेतीको बारेमा विशेष प्रस्तुती पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्