
ट्राफिक प्रहरी नायव निरिक्षक डोलेन्द्र हमाल ट्राफिक पोस्ट प्रस्याङको इञ्चार्जमा खटाइएका छन्। फिर्के पुल देखि जिरो किमी हुदै सिद्धार्थचोकसम्म हेर्ने यो इकाइमा प्र.ना.नि. खटाइएपनि मुख्य सवारी चाप हुने क्षेत्र सिर्जना चोक, राष्ट्रवैंक चोक लेकसाइड सहित करिव आधा पोखरा हेर्नु पर्ने वैदाम ट्राफिक पोष्टको इञ्चार्जम प्रहरी हवल्दार दिपेन्द्र क्षेत्रीलाई खटाइएको छ । ट्राफिक कारवाही स्वरुप जरिवाना काट्ने रसिदमा हस्ताक्षर गर्ने अधिकार समेत नभएको पदको व्यक्तिलाई वैदाम इञ्चार्ज वनाइदा ट्राफिक व्यवस्थापन कसरी हुन सक्छ ।
जवकी वैदाम भन्दा सानो इकाई छोरेपाटनमा ट्राफिक पोष्टमा समेत प्र.ना.नि. विष्णु नेपालीलाई खटाइएको छ, नेपाली तालिममा हुन उनको ठाउँमा श्री थापा कार्यरत छन् ।
औद्योगिक क्षेत्र ट्राफिक पोष्टमा प्र.ना.नि. मिलन सिंह खटाइएका छन्, पोखरा प्रवेश नाका गगन गौडामा प्र.स.नि. तिर्थराज पौडेल र डाँडाको नाकमा प्रसनि सुरेशचन्द्र थापा इञ्चार्जको रुपमा खटाइएकाछन् ।
छोरेपाटन नाकाका ईञ्चार्ज प्र.ह. श्री थापा र वैदाम ट्राफिक मा दिपेन्द्र क्षेत्रीलाई रसिदमा सहि गर्ने अधिकार पनि छैन, कुनै विवाद वा मुद्दा चलाउनको लागि प्रतिवेदन खडा गर्ने अख्तियारी पनि रहन्न । यति महत्वपूर्ण र घना ट्राफिक समस्या हुने, छोरेपाटन र वैदामका ट्राफिक कम्तीमा जुनियर अधिकारी हुनु जरुरी हुने जानकारहरु वताउँछन् ।
वैदाम प्रहरी इञ्चार्ज डि.एस.पि. रहने व्यवस्था गरेको नेपाल प्रहरीले ट्राफिक तर्फ भने जुनियर प्रहरी अधिकृत सम्म राख्न किन चाहेन ? लेकसाइडमा निजि नम्वरका वाइकलाई भाडा चलाएर प्रयोजन विपरित काम गर्नेलाई कारवाही गर्न नसकेको गुह्य रहस्यको वारेमा पनि खोजी हुनु जरुरी छ । एउटा हवल्दारलाई इञ्चार्ज दिएर ठूलो ट्राफिक पोष्टमा खटाउने, ठूलो पोष्टका अफिसरलाई सानो ट्राफिक पोष्टमा खटाइदा पुलिसको चेन अफ कमाण्डमा समस्या पर्ने त छनै ट्राफिक व्यवस्थापन र कारवाहीको प्रभावकारितामा पनि कमि आउन सक्छ । पोखराको ट्राफिक व्यवस्थापन प्रभावकारी वन्न नसक्नुमा नेतृत्वको अरन खटन र जिम्मेवारी प्रदानमा भएको कमजोरीले धेरै भूमिका निर्वाह गरेको छ भने यहाँको न्यून जनशक्ति पनि थप कारण वन्ने गरेको छ । प्रदेशको राजधानी शहर पोखराले आफ्नो नाम अनुसारको काम गर्न पनि सक्नु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्