जग्गा प्लटिङ गर्ने योजना सहित प्रतिवन्धित सालका २१० वढि रुख कटान गर्ने लेखनाथ खुदी खुइले डाँडाका जग्गाधनीहरु विरुद्ध डिभिजन वन कार्यालय कास्कीले छानविनलाई तिव्रता दिएको वताएको छ ।
पोखरा महानगरपालिका वार्ड नं. ३० खुदीमा रहेको खुईले डाँडामा रहेका सालका २१० वटा रुखहरु जग्गा धनी शाक्य परिवारले काट्न लगाएका र आफूसखुसी जति चाहिन्छ लैजान फर्मान जारी गराएका थिए सालको वन रहेको करिव ३० रोपनी जग्गा व्यक्तिगत हुन तर सालको रुख काट्न मास्न सरकारले प्रतिवन्ध लगाएको छ ।
करिव ७० वटा घडेरी वनाउने योजना सहित सालका रुख हटाइएको थियो । कारवाहीवाट जोगिन जग्गा धनीले रुख चोरिएको नाटक पनि गरेका थिए । तर कानूनमा चुकेका उनिहरुले कतै उजुरी भने दिएनन्। वन डिभिजन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले प्रचलित कानून वमोजिम कारवाही गरिने वताए । पहिलो चरणको वयान लिइसकेको उनिहरुलाई तारेखमा छोडिएको सहायक वन अधिकृत राम वहादुर विकले वताए ।

०६१४४५०००, ९८५६०३३३९१
सालका रुख काट्ने कानूनी फन्दामा
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्