
नेपाल सरकारको अधिकांस स्वामित्वमा रहेको साझा स्वास्थ्य सेवाले आफ्नो नाममा रहेको जग्गा भाडामा लगाउने सम्बन्धी निकालेको टेण्डर तुहाइएको छ। साझा स्वास्थ्य सेवा केन्द्रीत कार्यालय काठमाडौंले २०७५ चैत्र ११ गते गोरखापत्र दैनिकमा जग्गा भाडामा लगाउने सम्बन्धी टेण्डर आव्हानको सूचना निकालेको थियो।
टेण्डर निकालेका पोखराको नयाँ बजारको मुख्य सडकसँग जोडिएको कि.नं. ३४ क्षेत्रफल ४११ वर्गमिटरको जग्गा र भरतपुर हाकिम चोक र विराटनगरको जग्गा समेत वहालमा दिने भन्दै ३५ दिने टेण्डर निकालेको थियो । टेण्डरको म्याद २०७६ वैशाख १५ गते समाप्त भयो । टेण्डर खोल्नु पर्ने साझा स्वास्थ्य सेवाले अचानक टेण्डर रद्द गरेको छ ।
प्रक्रियाको लागिमात्र टेण्डर आव्हान गरिएको भन्दै कतिपयले टेण्डर लिन नै चासो देखाएनन्। साझा स्वास्थ्य सेवाले टेण्डर निकालेको सूचनामा वोलपत्र फारामको मूल्य दुई हजार तोकिए पनि एउटा पनि फारम विक्री गरिएन् । फारम किन्न पोखरा स्थित हस्पिटल चोकमा रहेको साझा स्वास्थ्य सेवाको फोन नं. ०६१–५२०४२३ नम्वरको टेलिफोन नम्वर उल्लेख गरिएको छ तर उक्त नम्वर मा सम्पर्क गर्दा नं टेण्डर फाराम पाइन्छ नं. कुनै रेस्पोन्स ।
साझा स्वास्थ्य सेवाले वहालमा दिने भनिएको जग्गामा साझा स्वास्थ्य सेवाको भवन निर्माण स्थलको वोर्ड ल्याएर गाडिएको छ । एकातिर भाडाको टेण्डर निकाल्ने अर्को तिर भवन निर्माण स्थलको वोर्ड गाड्ने कार्य टेण्डरको नाटक मात्र रचिएको वुझिएको छ। टेण्डर लिन आउने वास्तविक सेवाग्राहीलाई निरुत्साही पार्न साझाले दोहोरो चरिक्र देखाएको आरोप लागेको छ ।
यसवारेमा साझा स्वास्थ्य सेवाको प्रतिकृया केटाकेटी खेलेको झै रहेको छ । यति पुरानो सरकारी स्वामित्वको संस्थाले टेण्डर निकाल्दा हचुवाको भरमा निकालेको छ । भाडामा लगाउने जग्गाको न्यूनतम भाडा दर समेत उल्लेख गरिएको छैन । मुल्यांकन समेत नगरी हचुवा को भरमा सेटिङ मिलाएर टेण्डर निकालिएको भन्दै सर्वत्र आलोचना भएको छ ।
साझाले गठन गरेको भवन निर्माण उपसमितिका सचिव सोहन कृष्ण भट्टराईले जग्गाको न्यूनतम दर तोक्न नसकेका कारण टेण्डर रद्द गरेको वताए । साझाको टोली मंगलवार पोखरा आउने वताइएको छ । उक्त टोलि के उद्देश्यले आउने हो खुल्न नसकेपनि जग्गा वहालमा दिँदा सेटिङ मिलाउन खोजिएको वुझिन आएको छ यसमा सरोकार वालाको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्